गर्मीलाई ग्ल्यामरस मौसम किन भनिएको होला ?

- साप्ताहिक संवाददाता

चैत्र ७, २०७३-  

फेसन गर्ने युवा–युवतीका लागि गर्मीको मौसम ‘पर्फेक्ट सिजन’ हो । यसलाई त म ‘कलरफुल’ मौसम पनि मान्छु । गर्मीको फेसनले गर्दा गर्मी महिनाको वातावरण समेत सुखद भएको हुनसक्छ ।
सन्दीप पोखरेल,मिस्टर नेपाल–२०१५

न्युन पोसाक, उच्च तापमान, प्रकृति र प्राणी सबै परेसान ।
अमरदीप सापकोटा, निर्देशक

किन हो कुन्नि, यतिबेला कतिपय युवती साह्रै ग्ल्यामरस देखिन्छन् । त्यसैले पो हो कि ?
विष्णु ठाकुर, हेयर डिजाइनर

पातला पहिरन लगाउन पाइने भएर होला नि ।
सीताराम पोखरेल, गायक

जीउमा स्भिलेस, तल सर्ट्सको फेसन गर्न पाएपछि प्राय: केटीहरू ग्ल्यामरस देखिन्छन्, अनि केटाहरू पनि जाडोभरि जिम गएर बनाएको मसल्स देखाउँन पाउँदा ग्ल्यामरस फिल गर्छन् । 
सिर्जना पोखरेल, इभेन्ट संयोजक

मौसमले गर्दा शरीरले शीतल पहिरन माग्छ । शीतल हुने लुगा कि पातला कि छोटा हुन्छन् । त्यस्तो पहिरन लगाउँदा प्राय: मानिस ग्ल्यामरस देखिन्छन् । त्यसैले गर्मीलाई ग्ल्यामरस भनिएको होला ।
जुना प्रसाइँ, गायिका

मौसम पनि हट, प्यारीहरू पनि हट हुने भएकाले ।
सुनिलसिंह ठकुरी, गायक

कम वस्त्र लगाइने मौसम भएकाले ।
रामकृष्ण ढकाल, गायक

हिट मौसम, हट पहिरन भएर ।
सीता पाठक, सौन्दर्यविज्ञ

छोटा पहिरन लगाइने भएकाले ।
सुवास थापा, निर्माता

चाहेर पनि शरीर ढाकेर हिंडन नसकिने भएकाले ।
सुसन खड्का, अभिनेत्री

हामीले जाडो महिनाभरि जिममा गरेको मेहनत अर्थात कसिलो ज्यान देखाउन पाउँछौ । फेरि ‘आइ हेट लेयर्स अफ क्लोथ्स्’ । सिक्सप्याक बनाउन सजिलो छैन । मेहनतले बनाएको सिक्सप्याक पातलो सर्ट वा टिसर्ट लगाएर देखाउँदा गर्मीमा अर्कै खालको सन्तुष्टि प्राप्त हुन्छ । 
संजय गुप्ता, अभिनेता/भिजे

गर्मी मौसममा लामखुट्टेले पनि म्वाइँ खाने भएकाले ।
शिशिर राणा, निर्देशक/अभिनेता

जे कुरा जाडोमा देखाउन मिल्दैन, गर्मीमा निर्धक्क देखाइन्छ, त्यसैले होला ।
आमिर बज्राचार्य, अभिनेता

गर्मीमा थोरै तथा पातला पहिरन लगाइन्छ र जाडोमा छोपेर गोरो भएको अंग देखाइन्छ, त्यसैले ।
प्रविण श्रेष्ठ, निर्देशक/सम्पादक

विशेष गरी युवतीहरूले ‘ग्ल्याम’को रस अर्थात भरपुर सौन्दर्य देखाउन पाउने मौसम भएकाले ।
रविन श्रेष्ठ, रेस्टुराँ इन्टरप्रेनर

छोटा–छोटा पहिरन लगाउन पाइन्छ, त्यसैले ।
हरिशा बानियाँ, अभिनेत्री

धेरैले छोटा र पातला पहिरन लगाउँछन्, त्यसैले ।
गौरीशंकर धुजू, छायाँकार

गर्मी लागेपछि स्विमिङ पुल धाइन्छ, अनि पो लाग्छ त गर्मी ग्ल्यामरस ।
सन्दीप स्याङ्तान, अभिनेता

गर्मीले गर्दा शरीरमा लगाइएको लुगा बिस्तारै खोलिँदै जाने भएर होला ।
भोलाराज सापकोटा, अभिनेता

प्रकाशित: चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्