चकलेटी हिरो

- साप्ताहिक संवाददाता

चैत्र ७, २०७३-
केही साताअघि पोखरामा डिजाइनर उत्तम बनेपालीको सेलिब्रेटी फेसन सोमा एक जना चकलेटी अनुहार र्‍याम्पमा देखिए । उनी र्‍याम्पमा उत्रनेबित्तिकै दर्शकदीर्घाबाट लामो सास फेरेको तथा चिच्याएको महिला आवाज सुनियो । र्‍याम्पमा उत्रिएका ती चकलेटी युवा अमृत ढुंगानालाई विराटनगरमा आयोजित ‘मिस पूर्वेली’मा पनि अतिथिमा रूपमा निम्त्याइएको थियो । टिनएजका युवतीहरूबाट माग भएपछि अमृत मञ्चमा चार पटकसम्म उक्लिए ।

 

एकपटक त दर्शकको मागमा मञ्चबाट केही बोल्नैपर्ने भयो । युट्युबमा योर स्टाइल टिभीबाट प्रसारण हुने लघु चलचित्रहरूमा अभिनय गरेर ख्याति कमाइसकेका अमृत ढुंगाना ठुलो पर्दामा चलचित्र ‘सायद टु’बाट डेब्यु गर्दैछन् । पर्दामा अभिनेताका रूपमा उदाउनुअघि नै चर्चामा रहेका अमृतले प्राप्त गरेको ख्याति उनका लागि राम्रो संकेत हो ।

प्रकाशित :चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्