चुनियो तेस्रोलिंगी सुन्दरी

- एजेन्सी

चैत्र ६, २०७३-  

थाइल्यान्डका राजाको देहवासन भएपछि रोकिएको तेस्रोलिंगी सुन्दरी प्रतियोगिता ‘मिस इन्टरनेसनल क्विन’ गत साता सम्पन्न भएको छ । थाइल्यान्डको पतायामा सन् २००४ देखि नियमित रूपमा आयोजित हुँदै आएको यो प्रतियोगितामा यसपटक जिरातचायाँ सिरिमोंगकोल्वानिन् विजेता भएकी छिन् । १८ देखि ३५ वर्षका पुरुष भएर जन्मिएका तर लिंग परिवर्तन गरेर महिला भएकाहरूले मात्र सहभागिता जनाउन पाउने यो प्रतियोगितामा यसपटक विजेता भएकी जिरातचायाँ दाँतको चिकित्सा क्षेत्रमा कार्यरत छिन् । यो प्रतियोगिता सर्वाधिक ४ पटक थाइल्यान्डका सुन्दरीले जितेका छन् ।

प्रकाशित: चैत्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्