विवाह हुन जुर्नुपर्छ

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७३-
हालसम्म अविवाहित मोडल पार्वती राई अहिले जीवनसाथीको खोजीमा छिन् । पोखराको पामेमा भेटिएकी राईले आफू हक्की स्वभावकी हुनाले प्रपोज राख्न युवाहरू डराउने बताइन् । ‘कति मलाई मन पर्छन्, उनीहरूलाई म मन पर्दिनँ, कतिलाई म मन पर्छु तर मलाई उनीहरू मन पर्दैनन्,’ उनले भनिन् । ‘विवाह हुन जुर्नुपर्छ । मेरो साइत जुरेको छैन,’ राईले थपिन् । झन्डै ६ सय गीतमा अभिनय गरेकी पार्वती अब भिडियो निर्देशनमा लाग्ने सुरमा छिन् । आफू म्युजिक भिडियोकै लागि जन्मिएकी बताउने पार्वतीले अभिनयसँगै निर्देशनमा समेत हात हाल्ने जनाइन् । अंग प्रदर्शनको मामिलामा उदार पार्वती भन्छिन्, ‘अंग प्रदर्शन सबैले पचाइसके, अलि–अलि अंग प्रदर्शन नगरे त पाखे भन्छन्,’ आफ्ना अधिकांश भिडियो परिवारसँग बसेर हेर्न मिल्ने खालका भएको दाबी उनको थियो । 

प्रकाशित: चैत्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्