भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव
चैत्र ५, २०७३
भोजपुरको मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो–कोहीलाई मोहित तुल्याउँछ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हो । समुद्र सतहभन्दा ३ हजार ३ सय ३३ मिटरको उचाइमा अवस्थित उक्त डाँडा भोजपुर र खोटाङ जिल्लाको सिमानामा छ । यी दुवै जिल्लाको मानव सभ्यताको स्रोत भोजपुरको पिखुवा र खोटाङको रावा खोलाको शिरसमेत यही क्षेत्रमा पर्छ ।
उक्त क्षेत्रको पर्यटकीय सम्भावनालाई मध्यनजर गरी आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म मैयुङ हाँस पोखरी महोत्सवको आयोजना गरिने भएको छ । तिम्मा सरोकार समाज काठमाडांै तथा तिम्मा सरोकार समाज पूर्वाञ्चलले आयोजना गर्न लागेको यो महोत्सवमा मैयुङ डाँडाको पैदल यात्रा सांस्कृतिक झाँकी, राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथ विभिन्न खेलकुद प्रतियोगिता आकर्षणमा रहने बताइएको छ ।
प्रकाशित :चैत्र ५, २०७३














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्