टाइगरको फ्यान क्लब

- एजेन्सी

चैत्र ४, २०७३-  


टाइगर श्राफ बलिउड प्रवेश गरेको करिव तीन वर्ष भयो, यद्यपि उनले कम समयमै प्रसस्त प्रशंसक कमाएका छन् । खासगरी युवावर्गमा उनको क्रेज हेर्न लायक छ । सामाजिक सञ्जालमा उनका नामका दर्जनौं फ्यान क्लब छन् । एउटा फ्यान क्लबको फ्यान पेजलाई त फेसबुकले भेरिफाइड नै गरेको छ । कतिपय अवस्थामा टाइगरका बारेमा उनकै फ्यान क्लबमार्फत जानकारी प्राप्त हुनथालेको छ । टाइगरलाई पनि उक्त कुराको जानकारी छ । ‘म प्रशंसकहरूको प्रेमकै कारण आज यो अवस्थामा छु, टाइगरले भनेका छन्—‘उनीहरूले पेजमा अपलोड गर्ने सामाग्रीहरू मेरो उत्साह बढाउने शैलीका छन्।’

 

प्रकाशित: चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्