रवीन्द्रको कला

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३-
हावर्ड विश्वविद्यालयको छनौटमा परी यसै साता अमेरिका जान लागेका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्युजियममा सम्पन्न भएको छ । कलाकार श्रेष्ठले २०७२ वैशाखको भूकम्पलगत्तै विभिन्न सम्पदास्थलमा पुगेर त्यसको भावमा केन्द्रित रही चित्र बनाए । मठ–मन्दिर एवं पुरातात्विक सम्पदालाई कलात्मक रूपमा चित्रमा उतारेर श्रेष्ठले त्यतिबेलाको सामाजिक अवस्था प्रस्तुत गरेका थिए । त्यसैगरी उनले विश्वलाई नै आक्रान्त बनाउँदै लगेको युद्ध र त्यसले समाजमा पारेको मनोदशालाई ‘फिंगरप्रिन्ट’ मार्फत चित्रण गरेका छन् ।

प्रकाशित :चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्