आगया हिरो

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३-

निर्देशक : दिपंकर सेनापति

संगीत : मित ब्रोज

कलाकार : गोविन्दा, आशुतोष राणा, मुरली शर्मा, मकरंद देशपाँडे, चन्द्रचुड सिंह आदि ।

बलिउडका हास्य तथा डान्सिङ हिरो गोविन्दाका प्रशंसकहरू यो साता खुसी हुनेछन् । धेरैपछि गोविन्दाको मुख्य भूमिका रहेको चलचित्र ‘आ गया हिरो’ प्रदर्शनमा आउँदैछ । ‘हिरो नम्बर वान’, ‘कुली नम्बरवान’ जस्ता ‘गोविन्दामार्का’ चलचित्रमा झैं चलचित्र ‘आ गया हिरो’मा गोविन्दाले फेरि आफ्नो पुरानै स्टाइल देखाएका छन् । बीचमा एकाध चलचित्रमा उनी सहअभिनेताका रूपमा देखिए, तर पुरानो ‘क्रेज’ फर्काउन सकेनन् ।

 

केही वर्षअघि उनले आफ्नै लगानीमा चलचित्र ‘अभिनय चक्र’को निर्माण थालेका थिए । केही कारणले उक्त चलचित्रको निर्माणले गति लिन सकेन । अधुरो चलचित्र ‘अभिनय चक्र’मा केही मसला थपेर चलचित्र ‘आ गया हिरो’ तयार पारिएको हो । कुनै बेला गोविन्दाको चलचित्र रिलिज गर्न तँछाड–मछाड गर्ने वितरकहरूले चलचित्र ‘आ गया हिरो’ प्रदर्शनका बखत भने ५३ वर्षीय अभिनेता गोविन्दाको एकल अभिनय रहेको चलचित्र ‘आ गया हिरो’ लाई पत्याएनन् । त्यही भएर रिलिज डेट तय हुन नसकेका कारण यो चलचित्रको प्रदर्शनमा केही ढिलाइ भयो । 

प्रकाशित :चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्