यो साइनो मायाको

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३-  

निर्देशक : अरुणकुमार प्रधान
संगीत : कुन्दन थापा, विकेश के शंकर
कलाकार : जतिन ताम्राकार, रेश्मा घिमिरे, नवनीत प्रधान, कशिश शर्मा, प्रजिला थापा आदि । 
आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘यो साइनो मायाको’लाई सांगीतिक प्रेमकथात्मक चलचित्रका रूपमा अरुणकुमार प्रधानले निर्देशन गरेका हुन् । प्रेम र संगीतबिना जीवन अधुरो हुन्छ भन्ने सन्देश बोकेको चलचित्र ‘यो साइनो मायाको’मा नयाँ अनुहारहरूकै बाहुल्यता छ ।

 

दर्जनौं म्युजिक भिडियोमा काम गरेका जतिन ताम्राकार यो चलचित्रको मुख्य भूमिकामा छन् भने चलचित्रकी नायिका रेश्मा घिमिरेको पनि यो पहिलो चलचित्र हो । नवनीत प्रधान, कशिश शर्मा तथा प्राजिला थापाले पनि यही चलचित्रबाट पहिलो पटक चलचित्र क्षेत्रमा पाइला बढाएका छन् । सांगीतिक चलचित्र भएकाले पनि यसमा गायक सञ्जय श्रेष्ठ, राम धामी तथा गायिका सिने गुरुङले अतिथिका रूपमा अभिनय गरेका छन् । चलचित्र ‘यो साइनो मायाको’का छायाँकार बाबुराम नेपाली तथा सम्पादक बनिश शाह र मिलन श्रेष्ठ हुन् ।

 

प्रकाशित: चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्