चैत ४ गतेदेखि चैत १० गतेसम्मको राशिफल

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३-मेष

आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत हुने सम्भावना छ । आफ्नो योजनालाई परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । सभा–सेमिनारजस्ता कार्यमा सहभागी हुने अवसर जुट्नेछ । रातो रंगको प्रयोगले प्रशस्त फाइदा दिलाउनेछ । सप्ताहन्तमा विदेशी पाहुनाहरूसँग रमाउन पाइनेछ ।

 

वृष

परिस्थितिअनुसार चल्न नसक्दा अवसर गुम्ने खतरा छ । सोमबारपछि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ । सरोकार नभएको विषयमा चासो नराख्नु नै बेस होला । मनोरन्जन गर्दा स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । घरायसी व्यवहारको खिचलोबाट टाढै रहनु उचित हुन्छ । 

 

मिथुन

सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुनेछ भने बाधाहरू स्वत: फुकुवा हुनेछन् । परिश्रमअनुरूप फल प्राप्त हुनेछ । खर्च बढ्नाले मंगलबारपछि आर्थिक अभाव सिर्जना हुनसक्छ । प्रतियोगितामा आफ्नो भूमिका अग्रणी रहला । साताको अन्त्यमा नाम, दाम तथा इनाम हात पर्न सक्छ । 

 

कर्कट

आध्यात्मिक चिन्तन, योग तथा ध्यानले दुर्भावनाहरू समाप्त गर्दै भावी मार्ग पहिल्याउन सहज बनाउनेछ । आकस्मिक लाभ हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर प्राप्त होला । साताको अन्त्यमा पश्चिमको यात्रा लाभदायक देखिन्छ । 

 

सिंह 

प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुटनुहोला । अभिभावकजनसँग सामान्य खटपट हुनेछ भने आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ । साताको अन्त्यमा धन आर्जन गर्ने अवसर जुर्नेछ ।

 

कन्या

योग, ध्यान तथा भ्रमण गर्न सके तनाव कम हुनेछ । मित्रहरू स–साना त्रुटि औंल्याइदिँदैमा टाढिन सक्ने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा विदेशी पाहुनासँग भेटघाट हुनेछ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

 

तुला

जीवनशैली परिवर्तन गर्न हितैषीहरूको सुझाव अवलम्बन गर्नुहोला । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मन मिल्नेछ । साताको अन्त्यमा मनपर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन कसिन सक्छ ।

 

वृश्चिक

योजनाहरू आंशिक रूपमा पूरा हुनेछन । प्रेमिकाको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता हात पर्नेछ । चिसो तथा राति अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । सूर्य देवको सेवाले समस्या निराकरणमा मद्दत पुर्‍याउनेछ ।

 

धनु

झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भै कार्य सम्पन्न गर्नुपर्नेछ । मित्रहरूको सल्लाहमा विदेशमा अध्ययनको अवसर जुर्न सक्छ । परिस्थितिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्ने देखिन्छ । कालो रंगको सवारी साधन चलाउनु उचित हुँदैन ।

 

मकर

असहज परिस्थतिबाट उम्कन बढी खर्च गर्नुपर्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्न सके काममा सफलता प्राप्त हुनेछ । उपल्लो दर्जाका विशेष व्यक्तिले दिएको सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्‍याउनेछ । धार्मिक तथा परोपकारी कार्यमा रुची बढ्नेछ ।

 

कुम्भ

रोजगारीको नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । मित्रहरूको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रको लगानीले विदेश भ्रमणको अवसर जुराउनेछ । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ ।

 

मीन

मन मिल्ने साथीले वचन फेर्दा आफूलाई चोट पुग्न सक्छ । मझौला तथा साना दुवै लगानीबाट आर्थिक लाभ हुनेछ । आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन् । सम्पन्न हुन लागेको काममा पारिवारिक खिचातानीले अवरोध सिर्जना गर्न सक्छ ।

प्रकाशित :चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्