पशुपती शर्मा र कला पंगेनीको नयाँ गीत बजारमा

- साप्ताहिक संवाददाता

चैत्र २, २०७३-

चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माको आवाजमा रहेको फरक धारको गीत बजारमा आएको छ । प्राय आफैद्वारा लेखीएका र फरक धार र फरक आशयका गीतहरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका छन ।

‘जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता

जागरुक बनाउनुछ हाम्ले नयाँ पुस्ता’

मलाई अमेरीका यही पछी प्राय गीतहरु माया प्रेम प्याटर्नमा निकालेको र आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षीत भएको गायक शर्माले बताए ।

अन्तरा गुनगुनाउदै गायक शर्मा अगाडी भन्छन्–

बनाउनु छ चौतारी पिपल अनी बर को

रोक्नु पर्छ परदेशीने नेपालीको लर्को 

यो गीत निकै संदेशमुलक समेत रहेको छ । परदेशीएका युवाहरुको जमातलाई रोक्ने आशय रहेको कुरा समेत गीतमा समावेश भएको कारण यो गीत प्रति म निकै आशावादी छु ।

यो गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन् । आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन् । देशमा भित्रभित्रै फैलीदै गएको जातीवादको आगो र राजनैतिक अतिवादलाई समेत गीतमा समेटीएको कारण आफु गीत प्रति निकै आशावादी रहेको कुरा गायीका पंगेनीले बताईन । गायीकाका अनुसार समय फेरीदो क्रमसंगै समाजमा आम जिन्दगीका कुरा हरु, परम्परा हरु र मानविय स्वार्थहरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ ।

कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भिडीयो शंकर विसीले निर्देशन गरेका छन । क्यामरामा सुरेश श्रेष्ठ छन भने अभिनयमा गायक पशुपती शर्मा, कला पंगेनी र विपेश घिमीरे, विनु खड्काको साथमा हास्य कलाकार भटभटे माईलाले समेत अभिनय गरेका छन ।

विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानल बाट सार्वजनीक गरीएको छ ।

गीत हेर्न यहा क्लिक गर्नुहोस:

 

प्रकाशित :चैत्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्