ट्रक साहित्य

- साप्ताहिक संवाददाता

चैत्र २, २०७३- 

लाइसेन्सको जस्तै विवाहको पनि परीक्षणकाल हुने भए धेरैका विवाह रद्द हुन्थे होलान् । 

 

गाउँको कथा हामीलाई के थाहा ? 

अनि हाम्रो कथा गाउँलेलाई के थाहा ? 

आजकालका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन् 

विचरा कतारमा बस्ने रामलाई के थाहा ? 

 

एउटी विवाहित शिक्षित भई भने सारा परिवार शिक्षित हुन्छ 

तर एउटी अविवाहित कलेज गई भने

कलेजका दर्जनौं केटा अशिक्षित हुन्छन् । 

 

जनावरहरू पुच्छरले इज्जत छोप्छन् र खुसी छन् 

नेताहरूको इज्जत पनि छैन र पुच्छर पनि छैन 

त्यसैले दु:खी छन् ।

 

माया र मौसमको भर हुँदैन 

कच्ची छ सडक 

धुलो छ बाटो 

हिँडदैछु तड्पेर 

अधुरो पिरेम 

नसोच कान्छी 

आउनेछु फर्केर ।

 

जिन्दगी हाम्रो काल रहेछ 

थाहै भएन

तिमीजस्ती तरुनी कति आए कति गए, बालै भएन †

 

रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नी कुट्यो लठ्ठीले

गर्नुसम्म गर्‍यो यो देशलाई, जाँड–रक्सी अनी भट्टीले †

 

सिसा फुटे टुक्रा हुन्छ

धर्ती फुटे खाडल

मन फुटे आँसु झर्छ

माया फुटे पागल ।

 

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन

ड्राइभरका स्वास्नी धेरै हुन्छन्, खलासीको हुँदैन †

 

एैंसेलुखर्क जाने’भा पर्ख

म नआई नफर्क...

धनकुटा हिले दिल चित्त मिले

जाउँm हिँड यो वर्ष !

 

काली गर्छे माया गोरी गर्छे प्यार ।

ड्राइभरको जिन्दगी गजब छ यार ।

 

गरिब थिएँ, गरिब नै छु, धनी केटा तिमीले भेट्टायौ

मायालाई धनसँग साट्नु 

थियो भने मसँग बैंसको प्यास किन मेटायौ ?

 

चौतारीमा भरिया दाइले भारी बिसाउने

ड्राइभरलाई मात्र हेर्दा नानी, खलासी रिसाउने ।

 

अँध्यारो रात छ, नदीको किनार छ

इस्टेरिङमा हात छ, ईश्वरको सहारा छ ।

सधैँभरि चक्काजाम, बन्द अनि हड्ताल ।

महँगी बढ्ने, ढुङ्गा हान्ने, के यही हो नयाँ नेपाल ?

 

टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको

दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?

 

साँझ–बिहान नभनेर जहिल्यै पसल खोल्छिन् ।

उधारो नि दिन्छिन् गाँठे हाँसी–हाँसी बोल्छिन् ।

 

बच्चाको जिन्दगी बिस्कुट 

र केकमा

डाईभरको जिन्दगी स्ट्रेरिङ 

   र ब्रेकमा ।

 

गाडी हो जापनिज 

कच्चा नसम्झ 

ड्राइभर हो नेपाली 

बच्चा नसम्झ ।

 

बुझ्नु न सुझ्नु हर्न प्वाँ प्वाँ !

 

रिल्याक्सको जिन्दगी 

गाडीको बास

एक्लो छ जिन्दगी 

प्रेमिकाको आश ।

 

आकाशमाथि परी

दलीमाथि चरी

कहीँ–कतै भूल भए

आई एम सरी ।

 

तिमी गुलाफ बन प्रिय

म काँडा बनिदिनेछु !

जो छुन आउँछ तिमीलाई

च्वास–च्वास्स घोचिदिनेछु ।

 

सदा भवानी दाहिने

सन्मुख रहुन् गणेश

तिनै देवले रक्षा गरून्

ब्रह्मा, विष्णु, महेश ।

 

मनमा पिर भए नि मुस्कान लिएर चढ,

मेरै मायालु भएनि भाडा

दिएर झर ।

 

फूल दिउँ भने पात छैन, मुस्कान दिउँ भने अगाडीको दाँत छैन ।

 बाउ पनि ठिस आमा पनि ठिस, छोरीचाहिँ वान पिस ।

 

लभ इज लाइफ, विदेशमा ड्राइभ, फर्केर आउँदा वाइफ 

नै गायब । 

 

फरक्क फर्की नहेर 

कान्छी हरनको तालैमा, ड्राइभरहरू हरामी हुन्छन् किस खालान् गालैमा ।

 

जी माने गाँजा, पशुपति जाँदा, छक्क परे शिवजी मैले गाँजा खाँदा । 

 

नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै विवाह गरेर विदेश जानु उस्तै–उस्तै हो । 

 

काठमाडौंको सुकुलगुन्डा, पोखराको गाईने, अचेलका केटीलाई ट्यापे केटा चाहिने । 

 

कवि भए कलम, कलम भए कविता । धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता । 

 

कसैलाई लभ परेर टेन्सन, कसैलाई लभ नपरेर टेन्सन, आफ्नो चाहिं हुँदै नभएको, पर्दै नपरेको लभको हल्ला चलेर टेन्सन । 

 

कस्तो फूल रोजेछु मैले टिप्न नपाइ ओइलाइ जाने, कस्तो  माया लाएछु मैले, बोल्नै नपाइ पोइल जाने । 

 

टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको । दुनियाँका स्वास्नी पोइल जान्छन् दोष 

किन ड्राइभरको ? 

 

जीवनमा एउटै मात्र गल्ती गरिरहें, धुलो मेरो अनुहारमा रै’छ तर मचाहिं ऐना पुछिरहें । 

 

कति साबुन दल्छस् ओइ 

काले, लाइफब्वाइ साबुन नै 

कालो भैसक्यो ।

 

उकाली होस् वा ओराली होस्, बाटैमा ससुराली होस् । गोरी होस् वा काली होस्, ससुरालीमा एउटी साली होस् । 

प्रकाशित :चैत्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्