चर्चित अविवाहित पुरुष

- साप्ताहिक संवाददाता

चैत्र १, २०७३-पुष्पल खड्का, अभिनेता

पुष्प खड्काको नामबाट दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका यी मोडल यतिबेला चलचित्रमा पुष्पल खड्काका रूपमा सक्रिय छन् । चकलेटी अनुहारका पुष्पलले तुलसी घिमिरेको चलचित्र ‘दर्पण छाया–२’ मार्फत डेब्यु गरेका हुन् । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रका केही गीत सार्वजनिक भएपछि पुष्पलको माग बढ्न थालेको छ । अविवाहित यी अभिनेता आगामी दिनमा म्युजिक भिडियोको तुलनामा चलचित्रमा बढी व्यस्त भए भने अचम्म नमाने हुन्छ । 

सन्नी सिंह, अभिनेता

चलचित्र ‘डायरी’ बाट अभिनेताका रूपमा पदार्पण गरेका अभिनेता हुन्– सन्नी सिंह । आकर्षक व्यक्तित्वका धनी सन्नी मोडलिङमा स्थापित भएपछि चलचित्रमा आएका हुन् । अविवाहित यी अभिनेता ‘डायरी’ को प्रदर्शनको पर्खाइमा छन् । 

आमेश भण्डारी, अभिनेता 

चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ बाट पदार्पण गर्ने अभिनेता हुन्– आमेश भण्डारी । अघिल्लो वर्षसम्म अभिनेत्री नीता ढुंगानासँगको प्रेममा रहेका यी अभिनेता यतिबेला सिंगल छन् । चलचित्र ‘तँ म र उ’ मा समेत अभिनय गरेका आमेश यतिबेला तेस्रो चलचित्रमा अभिनय गरिरहेका छन् । 

सुरज पाण्डे, अभिनेता 

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ लभ लभ’ का अभिनेता हुन्– सुरज पाण्डे । दीपेन्द्र के खनालद्वारा निर्देशित यही चलचित्रतर्फ अभिनयमा आएका सुरजले उक्त चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्कासँग अनस्क्रिन रोमान्स गरेका छन् । यो चलचित्रका केही गीत सार्वजनिक भैसकेका छन्, जसमा सुरज र स्वस्तिमाको केमेस्ट्री आकर्षक देखिन्छ । 

नासिर हुसेन, अभिनेता 

छोटो भूमिकाबाट चलचित्रमा आएका कलाकार हुन्– नासिर हुसेन । चलचित्र ‘होस्टल रिटन्र्स’ मा सह–अभिनेताका रूपमा आवद्ध नासिर यतिबेला अभिनेताकै रूपमा सक्रिय छन् । चलचित्र ‘गाँठो’ मा सोलो अभिनेता भएका यी अविवाहित युवा कुशल अभिनयका कारण पनि लोकप्रिय छन् । 

महेश लिम्बू, आरजे

रेडियो कान्तिपुरका रेडियो जक्की हुन्– महेश लिम्बू । आकर्षक स्वरका धनी यी आरजे आकर्षक व्यक्तित्वका धनी छन् । केही समयअघि मात्र एउटा म्युजिक भिडियोमा अभिनय गर्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेका अविवाहित लिम्बू चलचित्रमा आउने सम्भावना पनि उत्तिकै छ । 

सुरज चिलवाल, मिस्टर नेपाल 

सन् २०१३ का मिस्टर नेपाल हुन्– सुरज चिलवाल । मोडलिङमा सक्रिय सुरज चलचित्रमा पनि आवद्ध छन् । चलचित्र ‘ब्ल्याक नाइट’ बाट अभिनयमा पदार्पण गरेका सुरजले थुप्रै विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेका छन् । 

नीराजन प्रधान, मोडल

पछिल्लो समय निर्माण भैरहेका थुप्रै म्युजिक भिडियोका मोडल हुन्– नीराजन प्रधान । आकर्षक अनुहार तथा व्यक्तित्वका धनी नीराजन चलचित्रमा आउने सम्भावना पनि उत्तिकै छ । अविवाहित नीराजनले केही विज्ञापनमा समेत मोडलिङ गरिसकेका छन् । 

रवि आचार्य, अभिनेता/मोडल

थुप्रै म्युजिक भिडियो तथा केही चलचित्रमा अभिनय गरेका रवि आचार्य चलचित्रमै करियर बनाउन संघर्षरत छन् । अग्लो कदका रवि चलचित्रको अभिनयमा सक्रिय हुनकै लागि यतिबेला ज्यान बनाउन लागेका छन् । हल्का दारी पाल्ने रवि आफू अभिनेता जीवन लुइँटेलको अभिनयबाट प्रभावित भएको बताउँछन् । 

दिनेश सिटौला, सञ्चारकर्मी 

विगतमा केही विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका दिनेश सिटौला भिडियोजक्कीका रूपमा लोकप्रिय छन् । एनटिभी प्लसमा नेपाली चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका दिनेश यतिबेला जिमखाना धाइरहेका छन् । चलचित्रमा पदार्पण गर्ने उनको तयारी छ ।

यी पनि अविवाहित 

प्रहिल कार्की (मोडल), आशिरमान श्रेष्ठ (मोडल), प्रदीप बास्तोला (अभिनेता), सुशील श्रेष्ठ (अभिनेता), अनुपविक्रम शाही (अभिनेता), विमल घर्तीमगर (खेलाडी), दिक्पाल कार्की (मोडल), सलोन बस्नेत (अभिनेता), प्रदीप खड्का (अभिनेता), पल शाह (अभिनेता), आयुष्मान घिमिरे (अभिनेता/चिकित्सक), आना शर्मा (अभिनेत्री), सुरक्षा पन्त (अभिनेत्री), सन्ध्या केसी (भिजे), सम्पदा बानियाँ (मोडल), साम्राज्ञी राज्य लक्ष्मी शाह (अभिनेत्री), इभाना मानन्धर (पूर्वमिस नेपाल), जान्वी बोहरा (अभिनेत्री), मञ्जिता केसी (अभिनेत्री), आँचल शर्मा (अभिनेत्री), सुप्रिया कटवाल (मोडल), अनमोल केसी (अभिनेता), राजेशपायल राई (गायक), राजबल्लभ कोइराला (अभिनेता), विमलेश अधिकारी (मोडल), कोमल वली (गायिका), ऋचा शर्मा (अभिनेत्री), दीपाश्री निरौला (अभिनेत्री), केकी अधिकारी (अभिनेत्री), निरुता सिंह (अभिनेत्री), निशा अधिकारी (अभिनेत्री), आयुष रिजाल (अभिनेता), सौगात मल्ल (अभिनेता), कर्मा (अभिनेता), नम्रता श्रेष्ठ (अभिनेत्री), बेनिशा हमाल (अभिनेत्री), सुष्मा कार्की (अभिनेत्री), नीता ढुंगाना (अभिनेत्री), अविनाश घिसिङ (अभिनेता), युवराज चौलागाईँ (गायक), विल्सन विक्रम राई (हास्य अभिनेता), आस्था बी (गायिका), अनु शाह (अभिनेत्री), कला सुब्बा (आरजे), साहाना बज्राचार्य (मोडल), अनिता आचार्य (अभिनेत्री), कोसिस क्षेत्री (गायक), गौरव पहारी (अभिनेता), पृथु बासकोटा (खेलाडी), सुरज गिरी (भिजे), संयम पुरी (अभिनेता), रेमनदास श्रेष्ठ (आरजे), अनमोल केसी (अभिनेता), बादल प्रसार्इं (गायक), आसुशेन लामा (गायक), कमल खत्री (गायक), हेमन्त राना (गायक), फूपु तेन्जिङ शेर्पा (अभिनेता) आदि ।

प्रकाशित :चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्