नेपाली युवाहरू विदेश जाने क्रम रोकियोस्

- साप्ताहिक संवाददाता

चैत्र १, २०७३-  

नेपालमा धेरै राजनीतिक पार्टी जन्मिसके (गजुरियल विश्लेषण : नेता र कार्यकर्ता धेरै भैसके) । कामभन्दा कुरा धेरै । योजनाभन्दा विचार र सिद्धान्तका गफ गर्नेहरू भए । देशमा काम गर्नेहरूको खाँचो छ । 
जितु राई

नचाहिने ठाउँमा हर्न बजाएर हैरान बनाइसके (युवा मन : नो हेर्न प्लिज) । अनावश्यक ठाउँमा हर्न बजाउनेहरूविरुद्ध कारबाही हुनुपर्छ । 
उज्ज्वल पोखरेल

बहस र छलफलका लागि यस प्रकारका कार्यक्रम आयोजना हुनु जरुरी छ (यात्रा सन्दर्भ : सिमानामा कला साहित्य) । बहस र संवादले मात्र कुनै कुराको निचोड निस्कन्छ । 
राजु अधिकारी

श्वेताजी, धेरैपछि चलचित्रमा फर्कन लाग्नुभएकोमा खुसी लाग्यो (अन्तर्वार्ता : जीवनको अर्को अध्याय सुरु भएको छ) व्यापार र चलचित्र दुवैमा तपाईंलाई सफलता प्राप्त होस् । श्वेताजीलाई बधाई एवं शुभकामना ।
प्रवीण तिवारी

नेपाली युवाहरू विदेश जाने क्रम रोकियोस् (खुल्यो नेपाल प्रहरीमा जागिर) । सरकारले बढी भन्दा बढी युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था मिलाओस् । 
गणेश पौडेल

गणितजस्तै अन्य विषयको तयारीका बारेमा पनि पढ्न पाइयोस् (निरन्तर अभ्यासले सहज बनाउँछ गणित) । शिक्षकहरूले सरल तरिकाले बुझाउन सके विद्यार्थीहरूलाई बुझ्न खासै गार्‍हो हुँदैन । 
प्रकृति शर्मा

विनोद ढकालको बाजेले गिटार बजाको गीत निकै चर्चामा थियो (चर्चामा : बाजेले गिटार बजाको) । उक्त गीतको पृष्ठभूमि र उनका बारेमा जान्न पाइयो । 
अर्जुन सापकोटा

अन्य ग्याजेटले भन्दा मोबाइलले नै बढी तान्छ (मोबाइल कंग्रेसका चर्चित मोबाइलहरू) । किनभने अचेल सबैथोक मोबाइलमै छ । 
चेतन बराल

बिहानीले दिनको संकेत गर्छ (धुर्मुस सुन्तली बने सद्भाव दूत) । यो राम्रो संकेत हो । बधाई छ दुवै जनालाई। 
मन्जु श्रेष्ठ, निरज सुनुवार, अशोक शाह

हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई बधाई छ (लेखक बने महका म) । कलाकारितामा जस्तै पुस्तकमा पनि उनलाई सफलता प्राप्त होस् । 
शुकदेव

आमा बन्न लागेकोमा मनीषालाई बधाई छ (आमा बन्दै मनीषा) । अरुको सेवा गर्नुमा जति खुसी अन्त कहाँ छ र ? 
अस्मिता

निखिलको जस्तै अन्य सेलिब्रिटीलाई पनि तनाव छ (निखिलको हैरानी) । धेरैले फेक एकाउन्ट खोलेर जथाभावी लेख्ने गरेका छन् । यस्ता क्रियाकलापमा संलग्न हुनेहरूलाई कारबाही गर्न ढिलाइ गर्नु हुँदैन । 
सन्जय श्रेष्ठ

नीलमजीलाई बधाई (चलचित्रकै सम्भावना) । चलचित्रमा जम्न सक्नुहोस् । 
रमन पौडेल

साँच्चै हो कि गफ दिएको ? (मेरो सेक्रेट : कोट पाइन्ट सुहाउने भएकाले ५० वटा सुट छ) मलाई त पत्यार लागेन है ।
कृष्ण

रमाइलो रहेछ (पहिलो विश्व : विवाहको मजाक) । तर निजी समारोहलाई यसरी सोसल मिडियामा उडाइनु हुँदैनथ्यो ।
सोभिता बुढाथोकी

यो खबर रोचक लाग्यो (हिटलरको विनाशकारी फोन बिक्री) । अझै पनि त्यो फोन सुरक्षित रहेछ ?
इशु शर्मा

प्रकाशित: चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्