भुवन केसीसँगै त के विवाह गर्नु ?

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७३- 

सुस्मिता केसी, अभिनेत्री 

सनब्लक लगाउनेबित्तिकै काली हुनुभयो भने ?

एरियलमा एक घण्टासम्म अनुहार डुबाइरहन्छु । 

 

बिहान उठ्दा लिंग परिवर्तन भएर आफू पुरुष भएको थाहा पाउनुभयो भने ? 

खै के पो गर्छु होला । सबैभन्दा पहिले अनमोललाई बोलाएर आजदेखि तेरा दुई वटा बुवा भए भन्थें । 

 

एक दिनलाई प्रधानमन्त्री बन्नुभयो भने ? 

मलाई मन नपरेका मन्त्रीहरूको राजीनामा मागेरै दिन बिताउने थिएँ । 

अचानक एक केजी सुन फेला पार्नुभयो भने ? 

बेच्छु अनि त्यो पैसा गरिब–दु:खीलाई बाँडिदिन्छु । 

 

रातपछि दिन नै आएन भने ? 

मलाई गगल्सको एकदमै सौख छ, राति गगल्स लगाउनु भएन । त्यसैले सबै गगल्स फालिदिन्थें । 

 

तपाईंको स्वर परिवर्तन भएर पुरुषको जस्तो भयो भने ? 

यदि त्यस्तो भयो भने रमाइलो हुने थियो । राम्रा–राम्रा केटीलाई ब्लफ कल दिन्थें, विशेषत: मलाई मन पर्ने हिरोइनहरूलाई बल्फ कल दिंदै बस्थें । 

 

सार्वजनिक समारोहकै बीच तपाईंलाई कसैले आई लभ यू भन्यो भने ? 

मान्छे हेन्डसम रै’छ भने आई लभ यू टु भन्छु, ठीकै रहेछ भने सरी भाइ भन्छु । 

 

लङ ड्राइभमा कसलाई लान चाहनु हुन्छ ? 

एक जना त छ, तर त्यसको नाम भन्न मिल्दैन । मिलाएर बुझ्नु न । 

 

सपिङ गरेपछि बिल तिर्ने बेला आफूले पैसा नै नबोकेको थाहा पाउनुभयो भने ? 

त्यस्तो त परेकै छ । अनमोल केसीलाई बोलाएर पैसा तिराउने हो । पहिले पनि यस्तो भैसकेको छ । 

 

सेम्पो गरेपछि धारामा पानी सकिएको थाहा पाउनुभयो भने ? 

जारको पानी युज गर्छु । 

 

नुहाइरहेका बेला भूकम्प गयो भने ? 

त्यस्तै होला भनेर बाथरुमको बारडपमा लुगाहरू राखेकी छु, भूकम्प आयो भने त्यही बेर्ने, अनि दौडिने ।

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्