मुन्द्रेजतिसँग लभ गर्दै मोज गर्ने !

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७३-  

जितु नेपाल, मुन्द्रे 

मानिसहरू किन जसलाई पनि भेट्नेबित्तिकै सन्चै हुनुहुन्छ भनेर सोध्छन् ?
सन्चै भन्ने थाहा पाएपछि दु:ख दिन पाइन्छ भनेर ।

 

पैतालामा केश पलाउने भए टोपी कहाँ लगाउनुहुन्थ्यो ? 
टोपी मोजा हुन्थ्यो, मोजा टोपी हुन्थ्यो । हजामले खुट्टा ठाडो पारेर केश काट्नुपथ्र्यो ।

 

केटाकेटीले किन मन नलागी–नलागी स्कुल जानैपर्छ ?
किनभने स्कुल केटाकेटी भएको ठाउँमा आउँदैन अनि के गरुन् त !

 

एक बोतल कोकले तीन बोतल बियरको तलतल मेट्थ्यो भने मानिसहरूले के खान्थे ?
यस्तो प्रश्न सुनेर बियर कम्पनीबालाहरू रिसाउलान् नि ! कोकले बियरको प्यास मेटाउन त उही कोकको बोतलमा बियर हालेको हुनुपर्‍यो नि ।

 

स्टेजसो गर्दा दर्शक हाँसेनन् भने त्यो रिस कसलाई पोख्नुहुन्छ ?
माइक, स्टेज र आयोजकलाई, त्यसपछि आफैंलाई अनि दर्शकलाइ पनि ।

 

बाटोमा हिँड्दा–हिँड्दै कसैले कम्मरमा डोरी बाधेर आत्महत्या गर्न लागेको फेला पार्नुभयो के गर्नुहुन्छ ?
कम्मरमा डोरी बाधेर मर्नु हँदैन । कम्मर कसेर त पढ्ने मात्र हो भनेर सम्झाउँथें ।

 

बेलुका काठमाडौंमा सुतेको मुन्द्रेले बिहान आफू ब्यूँझँदा समुद्रको बीचमा एक्लै भए के गथ्र्यो होला ?
खाने काम हुँदैन, खाली फाल्ने मात्र हुन्छ । बाँच्ने उपाय थालिन्छ, केही नलागे हाम फालिन्छ ।

 

च्यातिएको पाइन्ट लगाएर मुन्द्रे दरबार्गमार्गमा हिँड्ने क्रममा त्यो पाइन्ट एक्कासि स्कर्टमा परिवर्तन भए ?
त्यसपछि स्कर्टवाली मुन्द्रेले अर्को मुन्द्रे खोज्न थालिहाल्छे नि । मुन्द्रेजतिसँग लभ गर्दै मोज गर्ने । 

 

दिउँसो तारा चम्कीए र रातमा घाम लागे के होला ?
रातिको कामजति दिउँसो गर्नुपर्छ । तारा चम्कने बेला सुत्ने राति घाम लागेपछि उठ्ने । 

 

हात्ती जंगलमा चरिरहेका बेला मुसलधारे पानी पर्‍यो भने हात्ती के गर्ला ?
जीउको मयल रुने भयो भनेर हात्ती रमाउँछ ।

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्