पोखरामा होली

- राजाराम पौडेल

फाल्गुन २८, २०७३-  

रेवान पोखराले बर्सेनि होली विशेष कार्यक्रम गर्दै आएको छ, जुन यो वर्ष पनि हँुदैछ । नौमती बाजाको तालमा रमाउँदै होली खेल्न पाउनु यो होलीको विशेषता हो । फागुन २९ गते फेवा लेक रेस्टुराँ, अम्बोटबाट बिहान साढे ११ बजे प्रारम्भ हुने होली यात्रा हिमागृह, रत्नमन्दिर, हल्लनेचोक हँुदै खहरेसम्म पुग्ने रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए । 

 

आइतबार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा होली फेस्टिबल–२०१७ को आयोजना हुँदैछ । फेस्टिबलमा नेपाली रक ब्यान्ड द एक्स, अनुप्रस्थ, योगेश काजी, द ड्रिमर्स, द नेस्ट डोर, न्यु विगेन्स, संकल्प तथा सुमिनको प्रस्तुति रहनेछ । द लुप इन्टरटेनमेन्टद्वारा आयोजित यो कार्यक्रम बिहान साढे ११ बजे प्रारम्भ हुनेछ । लेकसाइडस्थित द आइरिस पबमा होली विशेष कार्यक्रम हुँदैछ । अनिता र सविनाको आयोजनामा हुने कार्यक्रममा डिजे सिल्म ब्वाइ, डिजे अनमेस तथा डिजे योङ गडको डिजे सेसनमा रमाउँदै होली खेल्न पाइनेछ । कार्यक्रम विहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

 

औरोरा बोरेलिस रेस्टुरेन्ट एन्ड बार पोखरामा स्मार्ट इन्टरटेनमेन्टको आयोजनामा डबल मज्जा होली डान्स पार्टी सिजन–४ सञ्चालन हँुदैछ । विहान ११ बजेदेखि राति १० बजेसम्म चल्ने उक्त डान्स पार्टीमा डिजे कान्छी, डिजे स्लिम ब्वाइ तथा डिजे रेको डिजे सेसन प्रस्तुत हुने बताइएको छ । 
राजाराम पौ८ेल

 

प्रकाशित :फाल्गुन २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्