होलीको सबैभन्दा रमाइलो पक्ष के हो ?

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७३-  

होलीको रमाइलो पक्ष भनेकै पिचकारी र रङ हो । 
बिरु दा

होली रङहरूको पर्व हो । यसमा रङसँग खेल्न पाइन्छ । त्यही हो रमाइलो पक्ष ।
हेम थापा

रङको माध्यमबाट मन मिल्ने साथीहरू बीचमा प्रेमिल भावना साटासाट गर्न पाइन्छ ।
कृष्ण प्रसाद भुसाल

लोलाभित्र रङ भरेर हान्न पाउनुको रमाइलो बेग्लै छ ।
जेनिथ

साथीभाइ भेट्घाट, विभिन्न रङ, वसन्त ऋतु, भाङको नसा, साँच्चै सबै कुरा रमाइलो हुन्छ ।
हरि

होलीमा रङका माध्यमबाट सबैप्रति प्रेम प्रकट गरिन्छ ।
रागी

रङसँग खुसी साट्न सक्नु नै होलिको सबैभन्दा रमाइलो पक्ष हो ।
समय अधिकारी

यो केटाकेटी रमाउने चाड हो । लुगाको सत्यानाश हुन्छ । मलाई त उति रमाइलो लाग्दैन । 
खेमराज गाउले

भाङ खाएर लठ्ठ हुनु ।
प्रकाश

एक–अर्कालाई मज्जाले रङ दल्नु ।
सुहन

अर्कालाई पानीले भिजाउन पाइन्छ, त्यसैले । 
सन्तकुमार

यो पर्व रंगीन छ । 
बिके अवाल

होली खेलेर भिजेको शरीर रमाइलो देखिन्छ । 
सुनिल

साथीभाइ तथा मित्रहरूसँगको भेटघाट ।
एकल यात्री आर्यन

रङसँग खेलेर मस्त हुनु नै रमाइलो पक्ष हो नि ।
घनश्याम श्रेष्ठ

होली भनेको मन मिल्ने साथीभाइ तथा आफन्तहरूबीच मिलनको अवसर हो । यही नै रमाइलो पक्ष हो ।
कृष्ण अधिकारी

होली रङहरूको पर्व हो । यसको रमाइलो पक्ष रङको माध्यमबाट मित्रता प्रगाढ बनाउनु नै हो ।
विवेक रौनियार

मन परेकीलाई सिन्दूर हाल्न नपाए पनि रङ छ्यापेर खुसी हुन पाइन्छ ।
उत्तम दाहाल

रङ लगाइदिने र अरूबाट आफू रंगिन पाइने पक्ष ।
लामिछाने काजी

रङ खेल्न पाइन्छ । त्यही नै हो रमाइलो पक्ष ।
गजेडि बाबा

साथीभाइ भेला भै टन्न भाङ खाने र रङ खेल्ने ।
शम्भु घिमिरे

साथीभाइबीच रङ लगाई खुसी व्यक्त गर्नु नै होलीको रमाइलो पक्ष हो ।
सन्तोष मगर

साप्ताहिकको होली बिशेष मध्यपृष्ठ हेर्न पाउँदा रमाइलो लाग्छ ।
कमान्डर

रङ लगाउँदा नचिनेका केटीहरूसँग पनि चीनजान हुन्छ ।
बिनदास चित्र

रङको पर्व भएकाले मितव्ययिताका साथ कसैलाई असर नगर्ने हिसाबले होलीको रङमा रंगिनु नै होलीको रमाइलो पक्ष हो ।
गोकुल भुजेल

रङहरूको आभास ।
जुनु राइ

साथीहरूसँगको भेटघाट हो नि ।
समीर ठकुरी

रङहरूको पर्व होलीले साथीभाइ एवं आफन्तबीच सद्भाव वृद्धि गर्छ । सारा दुख बिर्सेर रङमा लत्पतिनु नै यो चाडको रमाइलो पक्ष हो ।
विश्वराज अधिकारी

होलीले आत्मीय सम्बन्ध वृद्धि गर्छ । टाढाको मानिसलाई नजिक तथा नजिककोलाई अझ नजिक बनाइदिन्छ । 
गणेश पौडेल

 

प्रकाशित :फाल्गुन २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्