होली खेल्दा स्मार्टफोनलाई सुरक्षित राखौं

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७३

 

होली खेल्दा आफ्नो स्मार्टफोनलाई खल्तीमा राख्नु हुँदैन । यसका लागि बजारमा प्रचलित विभिन्न सुरक्षित सामग्रीहरू प्रयोग गर्न सकिन्छ । 

जिपलक स्मल पकेट क्यारी ब्याग : आफ्नो स्मार्टफोन सुरक्षित राख्न जिपलक भएको सानो क्यारी ब्याग प्रयोग गर्न सकिन्छ । यसले आफ्नो स्मार्टफोनलाई भिज्नबाट जोगाउँछ । धेरै हार्ड वा सफ्ट ब्याग प्रयोग गर्नु हुँदैन । 

रबर कभर : होली खेल्न प्रयोग गरिने बेलुनलाई नै स्मार्टफोन कभरका रूपमा प्रयोग गर्न सकिन्छ । आफ्नो स्मार्टफोनलाई त्यही बेलुनमा राखेर माथितिर बलियो धागोले बन्द गरे यसले स्मार्टफोनलाई पानीबाट जोगाउनुका साथै स्मार्टफोन स्क्र्याच हुने वा बिग्रिने सम्भावनाबाट मुक्ति मिल्छ ।

वाटरप्रुफ केस : मोबाइल केस वा कभर खरिद गर्दा जहिले पनि वाटरप्रुफ खरिद गर्नुपर्छ । यसलाई होलीमा मात्र नभै पानी परेको वा अन्य अवस्थामा समेत प्रयोग गर्न सकिन्छ । 

पुरानो फोनको प्रयोग : होलीमा अलि कम मूल्यको पुरानो फोन पनि प्रयोग गर्न सकिन्छ । त्यसो भए कदाचित् फोन बिग्रिहाले पनि ठूलो नोक्सान हुँदैन भने फोन गर्न र फोटो खिच्न समेत सकिन्छ । 

मल्टिपल डिभाइस प्रयोग नगरौं : होलीमा सकेसम्म बढी डिभाइस प्रयोग गर्नुपर्छ । जति सकिन्छ, कम मात्र डिभाइस प्रयोग गर्ने हो भने ती डिभाइस बिग्रने सम्भावना पनि कम हुन्छ । 

यसैगरी होली खेल्दा विभिन्न सावधानी अपनाउनु आवश्यक छ । डिभाइसलाई सुरक्षित राख्न निम्न उपाय अपनाउन सकिन्छ :

    होली खेल्न जाँदा टाइट कपडा लगाउनु हुँदैन । यदि टाइट कपडा लगाइयो र आफ्नो स्मार्टफोन खल्तीमा छ भने भिज्ने सम्भावना धेरै हुन्छ । 

    स्मार्टफोनलाई कुनै प्लास्टिकको कभरमा राखिएको छ भने पनि बीच–बीचमा चेक गरिरहनुपर्छ । कभर लिक भएर वा स्क्र्याच भएर फोन भिज्न सक्छ । 

    यदि कुनै कारणवश स्मार्टफोन भिजिहाल्यो भने पनि त्यसलाई तुरुन्तै घाममा सुकाउनु हुँदैन । यसो गर्दा स्मार्टफोनको बडी र अन्य कम्पोनेन्ट सूर्यको प्रकाशबाट प्रभावित हुनसक्छ । 

    धेरै मानिसले आफ्नो भिजेको स्मार्टफोनलाई हेयर ड्रायरले सुकाउने प्रयास गरेको पाइन्छ तर त्यसो गर्नु अर्को मूर्खता हुन्छ । कुन पार्ट्सलाई कति सुख्खापनको आवश्यकता हुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन । त्यसैले हेयर ड्रायर प्रयोग गर्नु पनि हानिकारक मानिन्छ । 

    स्मार्टफोन भिज्यो भने त्यसको ब्याट्री निकालेर घाममा सुकाउनु हुँदैन । यसका कारण ब्याट्री थप खराव हुन सक्छ । 

    आफ्नो हात चिसो छ भने स्मार्टफोन चलाउने प्रयास नगर्नु नै उपयुक्त हुन्छ । 

    हातमा कुनै रङ वा अबिर छ भने स्मार्टफोन छुनु हुँदैन । त्यसबाट स्मार्टफोनको टच सेन्सरमा खराबी उत्पन्न हुन सक्छ । 

    होली खेल्ने क्रममा स्मार्टफोन चार्ज गर्ने प्रयास पनि नगरौ । त्यसो गर्दा चिसोका कारण करेन्ट लाग्न सक्छ । त्यसका लागि अन्य सुरक्षित व्यक्तिलाई अनुरोध गर्न सकिन्छ । 

    यदि होली खेल्दा खेल्दै स्मार्टफोन भिज्यो भने पनि चिन्ता लिनु हुँदैन । त्यस्तो अवस्थामा ब्याट्री, सिम एवं मेमोरी कार्ड निकालेर कुनै पेपरमा राख्नुपर्छ । केही समयमै फोन उपयुक्त कन्डिसनमा आउन  सक्छ । 

प्रकाशित :फाल्गुन २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्