''होलीमा होलीमा''

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७३-  

होलि पर्ब नजिकिदै गर्दा गायक तथा संगीतकार टंक बुढाथोकीको सुमधुर आवाज रहेको होलीमा होलीमा बोलको गीत तथा भिडियो सार्वजनिम भएको छ । रचनाकार उषा किरन अधिकारीको शब्दमा तयार गीतमा गायक स्वयं टंक बुढाथोकीकै अब्बल संगीत रहेको छ ।

 

यस गीतको भिडियोलाई  समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा नायक तथा निर्देशक शोभित बस्नेत नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारलाई देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफी बिस्वानाथ राजबंशी, छायांकन रामेश्वर कार्कीको रहेको छ भने सम्पादन बिकाश धमलाको रहेको छ । 
भिडियो :

प्रकाशित: फाल्गुन २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्