मिलनको पूर्वेली भाकामा केकी अधिकारी

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७३-  

पूर्व मोरङका गायक मिलन श्रेष्ठले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो ‘मायालाई चिनो.....’ लिएर दर्शकमाझ आएका छन् ।‘मायालाई चिनो.....’ म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् । पूर्वेली भाकामा आधारित यो गीतलाई  संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन् । गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ ।

 

सहस शाक्य यो गीतका संगीत संयोजक हुन् ।  यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम ‘मिलन गीता–२’ मा समावेश गरिएको छ । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारीले गाउँले सुन्दर युवतीको रुपमा प्रस्तुत भएकी छिन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो : 

प्रकाशित: फाल्गुन २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्