फागुन २७ गतेदेखि चैत ३ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन २७, २०७३-  

मेष 
सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । करियर बनाउन दैनिकीमा परिवर्तनको खाँचो छ । नौलो रोजगारीको समाचार सुनेर प्रेमिका दंग पर्नेछिन् । साताको अन्त्यमा सवारी साधन खरिद गर्न आकर्षित भइनेछ ।

 

वृष
सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ । हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्ना सरसामान जोगाउने चेष्टा गर्नुहोला । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक संकट सिर्जना हुन सक्छ ।

 

मिथुन
ठूलाबडाको सुझाव अनुसरण गर्दा व्यक्तिगत इच्छा एवं रहरहरू पूरा हुनेछन् । आकस्मिक रूपमा प्रेम प्रस्ताव प्राप्त हुन सक्छ, निर्णय गर्दा ध्यान पुर्‍याउनुहोला । सोचेजस्तै रोजगारी हात पर्न सक्छ । साताको अन्त्यमा पारिवारिक जमघटमा रमाउँदा खर्चले पिरोल्न सक्छ ।

 

कर्कट
विश्वासपात्रलाई आर्थिक सहयोगको वचन दिँदा संयम अपनाउनुहोला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त धन आर्जन गर्न सकिनेछ । रोजगारीका नौला अवसर प्राप्त हुनेछन् । इँटा रंगको पहिरनले परिणामनजिक पुग्न मद्दत गर्नेछ । 

 

सिंह 
आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । दृढतापूर्वक आफ्नो कुरामा अडिग रहे पराजयको सामना गर्नुपर्ने छैन । स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ, कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनुहोला । सुनौलो रंगको प्रयोग फलदायी हुनेछ ।

 

कन्या
नशा एवं हड्डीसम्बन्धी समस्याले कमजोरी तथा आलस्यता महसुस गराउन सक्छ । नौलो स्थानको यात्रामा मन मिल्ने साथीहरूले थप खर्च गराउनेछन् । विभिन्न सभा–सेमिनार तथा प्रतियोगितामा भाग लिने अवसर जुट्नेछ । साताको अन्त्यमा पारिवारिक खिचलोले सताउन सक्छ ।

 

तुला
बोलीमा थप प्रभाव पार्न सेतो रंग हितकर हुनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ । मनोरञ्जनमा सहभागी हँुदा चिसोको ख्याल राख्नुहोला । यात्रामा दुविधा उत्पन्न हुने देखिन्छ । घरायसी व्यवहारबाट टाढै रहनु उचित हुन्छ ।

 

वृश्चिक
सानो लगानीबाटै राम्रो मुनाफा हुनेछ । रातो रंगको प्रभावले काममा सफलता दिलाउनेछ । अध्ययनको क्षेत्रमा ठूला अवसर पहिल्याउन सहज हुनेछ । विदेशयात्राको सपना पूरा हुनेछ । साताको अन्त्यमा नौला मित्रहरूसँग परिचित हुने अवसर जुट्नेछ ।

 

धनु
विगतमा गरिएका कार्यले थोरबहुत झन्झट आइलाग्न सक्छ । विदेशयात्राका लागि आवश्यक तयारी अपुरो हुन सक्छ, सचेत अपनाउनुहोला । आधुनिक मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । सवारी साधन चलाउँदा संयम आवश्यक छ । 

 

मकर
परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ । विपरीतलिंगीसँगको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको आवश्यकता छ । भ्रमण तथा मनोरञ्जनका क्रममा तनाव हलुका हुनेछ । साताको अन्त्यमा आर्थिक समस्या वृद्धि हुन सक्छ । 

 

कुम्भ
आफ्ना सिर्जनशील रचनाले प्रेमिकाको मन जित्न सकिनेछ । इष्ट मित्रबाट प्राप्त सुझावले भलाइ गर्नेछ । पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्‍याउनेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ दिलाउनेछ । राति अबेरसम्म बाहिर नबस्नुहोला ।

 

मीन
सभा–सम्मेलनमा सहभागी हुने अवसर जुट्नुका साथै नयाँ ज्ञानसमेत आर्जन हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै सार्थक परिणाम हात पार्न सकिनेछ । भित्रभित्रै मन पराउने मुख खोल्न सकेका छैनन् । हतारको निर्णयमा पछुताउनुपर्ला । टाढा भएका मित्रले दिएको सुझावले फाइदै पुर्‍याउनेछ । 

प्रकाशित :फाल्गुन २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्