‘रेखाको रिस त नाकको टुप्पामै हुन्छ’
फाल्गुन २६, २०७३
सबिर श्रेष्ठ निर्देशकबाट रेखा थापा, अभिनेत्री
रेखा थापा नायिका रहेको चलचित्र ‘कसले चोर्यो मेरो मन’बाट निर्देशक भएका सबिर श्रेष्ठको रेखासँगको चिनाजानी रेखाको करियरको तेस्रो चलचित्र ‘मितिनी’बाट भएको हो । झन्डै एक दर्जन चलचित्र निर्देशन गरिसकेका सबिरका आधादर्जन चलचित्रमा रेखा थापा नै नायिका छिन् र रेखा थापाको पहिलो रोजाइमा पर्ने निर्देशक पनि सबिर नै हुन् । त्यसो त रेखाले सबिरलाई हरेक वर्ष दाइ मानेर भाइटीका लगाइदिने गरेकी छिन् । यस अर्थमा सबिर रेखाका निर्देशक तथा दाइ हुन् । तिनै दाइ निर्देशक सबिरले यसपटक आफ्नी नायिका बहिनी रेखा थापाको कुरा यसरी काटे :
असल बाइटस्
कामप्रति इमान्दार : कामप्रतिको इमान्दारिता एवं लगनशीलता अरूले रेखाबाट सिक्नुपर्छ ।
उही जोश : नवप्रवेशी नायिका भएदेखि अहिलेसम्म उनको काम गर्ने जोश उस्तै छ ।
कोमल मन : उनी कसैको दु:ख देख्न सक्दिनन् ।
सहयोगी : आफ्नो सानो सहयोगले कसैको भलो हुन्छ भन्ने लाग्यो भने सहयोग गर्न हरदम तयार हुन्छिन् ।
आफै विश्लेषक : रेखा आफूले गरेको कामको विश्लेषण आफैं गर्छिन् । मैले त्यो काम राम्रो गरेँ कि नराम्रो कहाँ–के सुधार्नुपर्छ भनेर आफै विश्लेषण गर्छिन् ।
खराब बाइटस्
मुडी : चलचित्र क्षेत्रका प्राय: सबैलाई थाहा छ कि मुड रेखाको पर्याय नै हो । कहिलेकाहीँ महत्वपूर्ण कार्य पनि उनको मुडमा भर पर्छ ।
झनक्क रिसाउने : रिस त उनको नाकको टुप्पामै हुन्छ । कुनै पनि बेला झनक्क रिसाउन सक्छिन् ।
नबोल्दिने : मान्छेको अनुहार वा व्यक्तित्वले प्रभावित भइनन् भने उसँग बोल्दै नबोल्ने बानी छ । सेटमा कुनै नयाँ मान्छे आयो र परिचय गराउन खोजियो भने नबोल्लिन कि भनेर चिनाउनै पनि डर लाग्छ ।
इग्नोर गर्ने : कुनै पनि कुरामा यत्तिकै कमिटमेन्ट गरिदिने र पछि मिठो तरीकाबाट त्यसलाई इग्नोर गर्न पनि उनलाई राम्रैसँग आउँछ ।
एकोहोरो : कुनै कुरामा लागेपछि अरु सबै कुरा थाँति राखेर एकोहोरिने बानी छ ।
प्रकाशित :फाल्गुन २६, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्