निरन्तर अभ्यासले सहज बनाउँछ गणित

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७३

 

रामजीप्रसाद कोइराला, गणित शिक्षक

बालसेवा मावि, झाेंछे

गणित यस्तो प्राविधिक विषय हो, जसमा राम्रो तरिकाले समस्या समाधान गरे पूर्णांकबराबर अंक प्राप्त हुन सक्छ । विद्यार्थीले तल्लो तहदेखि नै ध्यान दिएर अध्ययन गरेको छ भने उनीहरू यो विषय अध्ययन गर्न उत्सुक हुन्छन् । गणितका सबै पाठ, एकाइहरू तल्लो तहदेखि नै जोडिँदै आएका हुन्छन् । उदाहरणका लागि कक्षा १ बाट सुरु हुने जोड घटाउ १० कक्षामा गएर पनि त्यही कुरालाई फरक तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ । सामान्यत: कक्षा ६ देखि माथिका विषयवस्तु एक–आपसमा प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन् । 

 

तल्लो तहमा कमजोर विद्यार्थीले माथिल्लो तहमा राम्रो गर्न सक्दैन भन्नेचाहिँ होइन । यदि मेहनत गरे त्यहाँ गएर पनि सहज रूपमा राम्रो नम्बर ल्याउन सकिन्छ । गणितमा राम्रो नम्बर ल्याउन हिसाब बुझेर बारम्बार गरिने अभ्यास सबैभन्दा बढी सहायक हुन्छ । यसमा न त घोकेर कण्ठ गर्न सकिल्न्छ न त अभ्यासबिना समस्याको समाधान गर्न सकिन्छ । कक्षा १० (एसएलसीमा छोटा प्रश्न १८ वटा दुई नम्बर गोटका ३६ पूर्णांकको हुन्छ । लामो प्रश्न १६ वटा चार नम्बर गोटाका ६४ पूर्णांकको प्रश्न सोधिन्छ । 

कुन समूहबाट कति पूर्णांक 

अंकगणित– ३० पूर्णांक 

बिजगणित– २४ पूर्णांक

ज्यामिति– २४ पूर्णांक

तथ्यांक शास्त्र– ८ पूर्णांक

त्रिकोणमिति– ६ पूर्णांक

सम्भाव्यता– ४ पूर्णांक

समूह (सेट)– ४ पूर्णांक

अंकगणित : अंकगणितको पाठ्यक्रम विशेष गरी हाम्रो व्यवहारमा दैनिक प्रयोग हुने समस्यालाई आधार मानेर तयार गरिएको हुन्छ । विद्यार्थीले पनि त्यही कुरालाई ध्यान दिएर अध्ययन गरे सजिलो हुन्छ । नाफा–नोक्सानसम्बन्धी समस्या समाधान गर्दा त्यसको सूत्र, प्रचलित भ्याटदर र ब्याजको छुटसम्बन्धी जानकारी हुनुपर्छ । चक्रिय ब्याज र साधारण ब्याजको भिन्नता बुझ्नुपर्छ । चक्रीय ब्याजको हिसाब गर्दा आउने सबै नम्बर अनिवार्य लेख्नुपर्ने हुन्छ ।

 

समय र कामसम्बन्धी समस्या समाधान गर्दा भिन्नसम्बन्धी ज्ञान पनि हुनुपर्छ । भिन्न गर्दा सरलसमेत गर्न जान्नुपर्छ । सूत्रहरूको सही जानकारी राख्नुपर्छ । क्षेत्रमितिसम्बन्धी समस्या समाधान गर्दा वृत्त, बेल्ना, गोल र सोलीसम्बन्धी जानकारी अनिवार्य रूपमा हुनुपर्छ । यसलाई पनि हामीले दैनिक रूपमा प्रयोग गर्ने व्यवहारिक सामानहरूसँग जोडेर सम्झनुपर्छ । त्रिभुज, क्षेत्रफल, वर्ग र आयतको क्षेत्रफलको ज्ञान र त्यससम्बन्धी सूत्रको ज्ञान हुनुपर्छ । 

 

बिजगणित : यसमा चारवटा छोटा प्रश्न र ४ वटा लामा प्रश्न सोधिन्छ । पाठ्यपुस्तकमा आधारित भएर नै प्रश्न सोधिन्छ तर अल्फावेट फरक पर्न सक्छ त्यसमा विद्यार्थीले विशेष ध्यान पुर्‍याउनुपर्छ । उदाहरणका लागि किताबमा ब्,द्य,ऋ, म् हुनसक्छ तर प्रश्नमा ध, ह, थ, श सोधिन सक्छ । फर्मुलाहरू शुद्धसँग सम्झनुपर्छ । कतिपय विद्यार्थी झन्डै उस्तै फर्मुलालाई फरक हिसाबमा प्रयोग गरिरहेका हुन्छन् । त्यसले नम्बर आउँदैन, मेहनत मात्र खेर जान्छ । हिसाब गर्दा स्टेप छोड्न हँुदैन, गराइ मिलेको छ भने उत्तर नमिले पनि केही नम्बर आउँछ । पाठ्यपुस्तकमा भन्दा पनि अघिल्ला ५ वर्षमा आएका प्रश्नपत्रको बारम्बार अध्ययन गर्नुपर्छ । बिजगणितको फर्मुलामा सानो मिस्टेक भए फ्याक्टर बिग्रन्छ । प्राय: त्यहाँ (ं,() बिग्रिएको हुन सक्छ ।

 

बिजगणितीय सरल गर्दा सुरुमा गुणनखण्ड, लस, भाग, गुणा, जोड–घटाउ क्रमश: गर्दै जानुपर्छ । त्यसका लागि अघिल्लो कक्षामा यी विषयमा जानकार हुनुपर्छ । समीकरण र वर्ग समीकरणको समस्या समाधान गर्दा गुणाको अवधारणा थाहा हुनुपर्छ ।  संख्याको प्रकार जान्नुपर्ने हुन्छ । प्रकृतिक संख्या (गन्ती संख्या र जोर–बिजोर) जान्नुपर्छ । वर्ग, घन र पूर्णांक संख्याको जानकारी हुनुपर्छ ।

 

सेट : कक्षा ६ देखि नै यसको पढाइ हुने हुँदा सेटको सामान्यभन्दा सामान्य ज्ञान हुनुपर्छ । यो विषय जोड घटाउमा आधारित भएको हुँदा हिसाबमा उनीहरूको सम्बन्धको राम्रो जानकारी चाहिन्छ ।

त्रिकोणमिति : उचाइ र दूरीसम्बन्धी ज्ञान आवश्यक छ । कष्ल, अयक, तबल र त्यसका कोणहरूको

 

मानको ज्ञान हुनुपर्छ । सूत्रमा विशेष ध्यान दिई चित्रमा उतारेर समाधान गर्नुपर्छ । 

सम्भाव्यता : सम्भाव्यताको सूत्र जान्नु अनिवार्य छ । यो जोड र गुणाको सिद्धान्तमा वृक्षचित्र बनाउनुपर्छ । संख्याको प्रकार र ताससम्बन्धी जानकारी हुनुपर्छ । नमुनाहरू ध्यान दिएर बुझ्नुपर्छ ।प्रतिस्थापन गर्ने कि नगर्ने भन्ने कुरा प्रस्टसँग बुझ्नुपर्छ । 

 

ज्यामिति : विशेषगरी लामो प्रश्नमा साध्य प्रमाणित गर्ने प्रश्न हुन्छ । यसरी प्रमाणित गर्दा ध्यान दिनुपर्ने प्रमुख कुरा प्रश्नमै नामाकरण गरिएको छ भने त्यही नाम राख्नु हो । यदि त्यस्तो नाम दिइएको छैन भने आफूलाई मन लागेको नाम राख्न पाइन्छ । आफू बसेको कक्षा कोठा, किताब बेल्ना आदि आफूले प्रत्येक दिन प्रयोग गरेका र देखेका कुरालाई सम्झेर अध्ययन गर्ने बानी बसाल्नुपर्छ जसले प्रश्नको समाधान सहज हुन्छ । यसलाई व्यवहारिक शिक्षाको रूपमा तुलना गर्नुपर्छ । वृत्त तथा क्षेत्रफलसम्बन्धी राम्रो अध्ययन गर्नुपर्छ । 

प्रकाशित :फाल्गुन २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्