कुंग फूको गुण

- एजेन्सी

फाल्गुन २५, २०७३-  

चीनका ‘आइरन क्रोच कुंग फू’ का ग्रान्ड मास्टरले निकालेको एउटा नयाँ जुक्तिले सबैलाई चकित तुल्याएको छ । मास्टर वि योविनले आफ्नो यौनांगमा लगातार हिर्काउँदा आफूलाई फाइदा हुने बताएका छन् । उनले आफ्नो कला सार्वजनिक स्थानमा प्रस्तुत गर्दै आफ्नो यौनांगमा लगातार लात्तीले हिर्काउन लगाएका थिए । मास्टर विका अनुसार उनले दैनिक रूपमा यो अभ्यास गर्दै गएपछि शरीरमा देखिएका विभिन्न समस्या हट्दै गए । विको दाबीमा कुनै वैज्ञानिक आधार हालसम्म फेला नपरे पनि ६७ वर्षीय यी कुंग फू मास्टरको यो कला धेरैले सिकिरहेको बताइन्छ ।

प्रकाशित: फाल्गुन २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्