चलचित्रकै सम्भावना

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७३-

नीलम ढकाल शाह तथा मञ्चिन शाक्यको केमष्ट्री मिलेपछि मनोरञ्जन क्षेत्रमा यो जोडीको चर्चा चुलिएको छ । मञ्चिन स्थापित मोडल तथा चलचित्रका अभिनेता हुन् । उनले अभिनय गरेको चलचित्र ‘द विनर’ प्रदर्शन भैसकेको छ । नीलम गायक रामकृष्ण ढकालकी धर्मपत्नी हुन् । मञ्चिन र निलमले ब्याट टु ब्याक दुई वटा म्युजिक भिडियोमा रोमान्टिक छवि प्रस्तुत गरे । ती दुवै गीत रामकृष्ण ढकालका हुन् । अघिल्लो गीत ‘तिमी आएनौ...’ बाट निलम र मञ्जिनको जोडी बाँधिएको हो । उनीहरूले अभिनय गरेको दोस्रो गीत ‘यस्तो को हौ तिमी’ को भिडियो अहिले चर्चामा छ ।

 

कालिञ्चोकमा हिउँ परेको मौकामा छायांकन गरिएको निकेश खड्काद्वारा निर्देशित उक्त भिडियो सार्वजनिक भएपछि यो जोडीलाई केही निर्माता–निर्देशकले चलचित्रमा समेत प्रस्तुत गर्ने प्रस्ताव राखेका छन् । ‘मौखिक प्रस्ताव आइरहेका छन्, निलम भन्छिन्—‘चलचित्रमै अभिनय गर्ने कि नगर्ने भन्ने विषयमा हामी सल्लाह गर्दैछौं ।’ स्मरण रहोस् मञ्चिन र नीलम विद्यार्थी जीवनका साथीसमेत हुन् ।

 

प्रकाशित :फाल्गुन २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्