ऋचाको चाहना

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७३-

अभिनेत्री ऋचा शर्माले एउटा अन्तर्वार्ताका क्रममा आफू सेक्स केन्द्रित चलचित्रमा समेत अभिनय गर्न तयार रहेको सनसनीखेज अभिव्यक्ति दिएकी छिन् । कामना मासिकको नयाँ अंकका लागि अन्तर्वार्ता दिँदै ऋचाले सेक्समा केन्द्रित चलचित्र बन्ने क्रमका सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेकी छिन् ।

 

हालै बजारमा आएको उक्त पत्रिकासँग ऋचाले भनेकी छिन्— ‘सेक्स बिकिहाल्छ भनेर होला त्यस्ता चलचित्र निर्माण भएका । इजी मनि र इजी चलचित्रका लागि पनि होला यो काम । यद्यपि अहिले त्यस्ता चलचित्र कम भैसकेका छन् । मलाई भने कहिल्यै त्यस्ता चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएन । सेक्स ओरियन्टेड चलचित्रमा अभिनय गर्नै हुँदैन भन्ने छैन । राम्रोसँग प्रेजेन्ट गर्न सक्ने मान्छे आएर त्यस्तो चलचित्र बनाउँछु भने ह्वाइ नट ? म त्यस्तो चलचित्रमा पनि काम गर्न तयार छु।’

प्रकाशित :फाल्गुन २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्