असोजसम्म मेलम्चीको पानी काठमाडौं आइपुग्ला त ?

- साप्ताहिक संवाददाता

फाल्गुन २३, २०७३-
यो प्रश्न खानेपानीको हाकिमसँग सोध्दा उपयुक्त होला । बरु यस विषयमा साप्ताहिकले रिपोर्टिङ गरे हुने नि ! हामीसँग प्रश्न सोधेर के गर्ने ?
लक्ष्मण थापा

काठमाडौंवासीलाई बधाई छ । छिट्टै मेलम्चीको खानेपानी आओस् ।
कविता श्रेष्ठ

शतप्रतिशत आउँछ क्या । 
पदम 

निरन्तर काम गरिरहे आउँछ, कत्ति पनि समय लाग्दैन । 
देउमान मुकमिन

हात्ती आयो–हात्ती आयो फुस्सा ।
सुहन

पाइप बिच्छ्याएर मात्र भएन । पानी त आउनुपर्‍यो नि † 
रूपक तामाङ

असोजसम्म त आउला नि ! तर कुन सालको असोज हो थाहा भएन ।
राजकुमार गिरी

आशा गरौं साथसाथै ताकेता पनि गर्नुपर्छ ।
परशु साङपाङ

खै, यस्ता कुरा गरेको पनि धेरै भयो । 
नेपाल म

पक्कै आउँछ । आशावादी छौं हामी ।
अम्बर गुरुङ

आशा गरौं भर नपरौं ।
हिमाल योन्जन

मेलम्चीको पानी काठमाडौंसम्म आइपुगुन्जल मेलम्ची नै सुक्नबेर छैन ।
सरोज

कुलमान घिसिङको झैं रणनीति बनाउने र कार्यान्वयन गर्ने हो भने असम्भव के छ र ?
नक्कली पाइलट

आशा गरौं ।
हरि नेपाल

हजुरहरूको कार्यालय बगाउन सक्छ है– होसियार ।
बिस्मिता

आउँदैन । कुरा बनाएर हुन्छ । कुलो बनाएको खोइ ? कामभन्दा हल्ला बढी भयो । 
रवीन्द्र मल्ल ठकुरी

यो प्रश्न चै हाम्रा प्रधानमन्त्रीज्यूसँग सोध्नुपर्छ ।
शिशिर लिम्बू

मेलम्चिको पानी ? हरे, ५–६ कक्षामा हुँदा जोक हानिन्थ्यो । अहिले पनि त्यही पारा छ । 
राहुल

यदि प्रचण्ड सरकार कायम रह्यो भने २०७४ असोजसम्म पक्का आउँछ । 
भुइँमान्छे

कहिलेको असोज २०८४ सालको ?
नानी

साप्ताहिकलाई कति चाँसो हौं †
बोस स्टुडियो

यो असोजमा नआए पनि अरू असोजहरूमा त पक्कै आउँछ । 
उमेश पाण्डे

कुलमान जस्ता व्यक्ति आउनुपर्छ अनि मात्र भनेको समयमा मेलम्चीको पानी काठमाडौं आउन सम्भव छ । 
रमन पोखरेल

२०७५ सालको असोजसम्म चाहिँ आइपुग्ला कि ?
उल्लु

 

प्रकाशित :फाल्गुन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्