निखिलको हैरानी

- साप्ताहिक संवाददाता

फाल्गुन २३, २०७३-
अभिनेता निखिल उप्रेती नेपाली चलचित्रका त्यस्ता सेलिब्रेटी हुन् जो सामाजिक सञ्जालमा जोडिएका छैनन् । उनले हालसम्म फेसबुक एकाउन्ट समेत खोलेका छैनन् । यद्यपि फेसबुकमा निखिल उप्रेतीको नाममा दर्जनौं नक्कली (फेक) एकाउन्ट तथा पेज छन् । आफ्ना नाममा फेक एकाउन्ट खुलेकोमा निखिलले हालसम्म आपत्ति जनाएका थिएनन् तर पछिल्लो समय केही फेक एकाउन्टले आफ्नो पारिवारिक तथा सामाजिक प्रतिष्ठामै आँच आउने स्ट्टस तथा तस्बिर अपलोड गर्न थालेपछि निखिल हैरान छन् । बाध्य भएर निखिलले प्रेस विज्ञप्ति नै जारी गर्दै फेक एकाउन्ट बन्द गर्न अल्टिमेटम दिए । ‘निश्चित दिन भित्र मेरो नाममा खुलेका सबै एकाउन्ट सम्बन्धित व्यक्तिहरूले बन्द गर्नु भएन भने म बाध्य भएर कानूनी कदम चाल्नेछु, निखिलले भनेका छन्— ‘नेपालमा साइबर कानुन बनिसकेको अवस्थामा म प्रहरीमार्फत कानुनी कदम चाल्नसमेत बाध्य हुनेछु ।’

प्रकाशित: फाल्गुन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्