बुटवलमा लिटिल एन्जल

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७३

 

दोस्रो लिटिल एन्जल प्रतियोगिताको उपाधि समिरा सोनीले जितेकी छिन् । सोमबार बुटवल उद्योग वाणिज्य संघको हलमा सम्पन्न फाइनलमा ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै समिराले उक्त उपाधि जितेकी हुन् । कक्षा ३ देखि ७ सम्मका स्कुले बालिकाबीच भएको प्रतियोगितामा न्यू होराइजन बोर्डिङकी सुस्मिता खरेल फस्ट रनर्सअप, बुटवल पब्लिक स्कुलकी बिन्दु बस्नेत सेकेन्ड रनर्सअप तथा दीप बोर्डिङकी रुनिभा लाकौल भ्युअर्स च्वाइस घोषित भए ।

 

यस्तै बेस्ट चार्ममा रिदिमा अधिकारी देउजा, मिलनसारमा कृति श्रेष्ठ, बेस्ट हेयरमा सम्पुर्ण पाण्डे, बेस्ट पर्सनालिटीमा अनिष्मा श्रेष्ठ, बेष्ट फोटोजेनिकमा खुसी बुढामगर, बेस्ट स्माइलमा आकांक्षा मल्ल, बेस्ट कन्फिडेन्टमा स्मारिका थापा, अनुशासनमा कृषा कार्की, मोस्ट एक्टिभमा आरशी श्रेष्ठ, बेस्ट वाकमा सदीक्षा पाण्डे, नृत्यमा जस्मिन सोमरे मगर एवं मोस्ट ट्यालेन्टमा प्रकृति पौडेलले उपाधि जिते । लियो क्लब अफ बुटवल आयोजक रहेको यो प्रतियोगिताको कोरियोग्राफी रेशम न्यौपानेले तथा फेसन डिजाइन एलिजा तुलाधरले गरेका थिए ।

प्रकाशित :फाल्गुन २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्