बिजी निशा

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७३-  

सगरमाथा उक्लेर होस् वा टाउको मुण्डन गरेर होस्, चर्चामा आइरहने निशा अधिकारी अहिले चर्चामा आउन भन्दा काम देखाउन तत्पर छिन् । निशा अहिले आफ्नै ब्यानरमा चलचित्र ‘झ्याइँकुटी’ निर्माण गर्दैछिन् । बेनिशा हमाल र सौगात मल्लद्वारा अभिनीत उक्त चलचित्रमा निशा आफैंले भने अभिनय गर्ने छैनिन् । ‘पूर्ण रूपमा निर्माताका रूपमा काम गर्दैछु, आफूले अभिनय गर्न थालियो भने निर्माणमा ध्यान पुर्‍याउन सकिँदैन, भन्ने निशा हालै घोषणा गरिएको चलचित्र ‘भिलेन’ र ‘रंगीन’मा भने नायिकाकै रूपमा अभिनय गर्दैछिन् भने जेठ १२ गते हुने भारतीय पाश्र्वगायक कुमार सानुको लाइभको सञ्चालन पनि गदैछिन् । निशा हङकङमा वी विल राइज फाउन्डेसनद्वारा आयोजना गरिने हाइक फर नेपालमा समेत सहभागी हुँदैछिन् । ‘व्यस्त छु र अझ व्यस्त हुने इच्छा छ’– निशा भन्छिन् ।

 

प्रकाशित :फाल्गुन २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्