रोडिजको अडिसन

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७३-
हिमालय टेलिभिजनबाट प्रसारण हुने अन्तर्राष्ट्रिय रियालिटी सो नेपाल रोडिजको अडिसन गत बुधबार पोखराको होटल जलमहलबाट प्रारम्भ भएको छ । पहिलो अडिसन पोखरामा भएपछि आज शनिबार बुटवलको देवीनगरस्थित पूर्वसैनिक कल्याण मञ्चमा दोस्रो अडिसन हुँदैछ भने त्यसपछि क्रमश: सोमबार चितवनको नारायणी कलामन्दिर, बिहीबार धरानको सिटीहल अनि फागुन ३० र चैत १ गते काठमाडौंको नेपाल एकेडेमीमा अडिसन हुनेछ । नेपाल रोडिजका सञ्चालक तथा निर्णायकमा भिजे तथा अभिनेता रेमनदास श्रेष्ठ, र्‍यापर लाहुरे एवं अभिनेत्री दिया मास्के छन् ।

 

प्रकाशित: फाल्गुन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्