जिम्मेवारी बहन

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७३-
अशिष्मा नकर्मीको विवाह गर्ने उमेर पुगिसकेको छ, नजुरेर हो वा नचाहेर हो, उनी तत्काल विवाह गर्ने मुडमा देखिन्नन् । त्यो कुरा यसै साता पनि स्पष्ट भयो । दुई बहिनीकी जेठी दिदी अशिष्माले बहिनी अञ्जला नकर्मीको विवाह यसै साता सम्पन्न गराइन् । विवाहयोग्य भएर पनि उमेरक्रमअनुसार आफूले विवाह नगरेर बहिनीको विवाह गराउनुलाई उनले ‘जिम्मेवारी बहन’ गरेको बताए पनि उनमा नायिका हुने रहर पूरा भैसकेको छैन भन्ने पनि बुझिन्छ ।

 

विवाह भएपछि नायिकाको लोकप्रियता घट्दै जान्छ भन्ने कथन अशिष्माले पनि सुनेको हुनुपर्छ । अब विवाहचाहिँ कहिले गर्ने त ? भन्ने प्रश्नमा ‘फिगर कोकाकोला गर्ल’ अशिष्मा भन्छिन्– ‘समय आएपछि ।’

प्रकाशित: फाल्गुन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्