रोजलाई तनाव

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७३-

बलिउडको सफल चलचित्र ‘भूतनाथ’का निर्देशक विवेक शर्मालाई लिएर निर्माता रोज राणाले ‘मेरो पैसा खोइ’ शीर्षकको चलचित्र बनाइरहेको थिए । १६ दिनको छायांकनपछि विवेक शर्मा अचानक अलप भए । रोज राणाको भनाइअनुसार विवेक नेपालबाटै भागेका छन् । उता विवेक भने रोजले आफूलाई धोका दिएको भनेर फेसबुक स्टाटस लेखिरहेका छन् ।

 

रोजका अनुसार सौगात मल्ल, प्रमोद अग्रहरी, वर्षा राउत तथा छुल्ठिम गुरुङलाई लिएर थालिएको चलचित्र ‘मेरो पैसा खोइ’को १६ दिनको छायांकनको फुटेज डिलेट गरेपछि विवेक गैरजिम्मेवारी ढंगले नेपालबाट भागेका हुन् । विवेकले ‘मेरो पैसा खोइ’मा बलिउडका कलाकार जुही चावला र राजपाल यादवलाई काम गराउने बताए पनि छायांकन आधा हुनलाग्दा पनि ती कलाकार नआएको रोजको आरोप छ । विवेकले भने फेसबुकमा ‘रोजको असली अनुहार देखियो’ मात्र लेखेका छन् । फुटेज डिलेट भएपछि राणा अहिले सुरुदेखि नै आफ्नै निर्देशनमा यो चलचित्रको छायांकन गराउन कस्सिएका छन् । 

प्रकाशित :फाल्गुन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्