घाइते हुँदा पनि अभ्यास

- एजेन्सी

फाल्गुन २१, २०७३- 

अभिनेत्री ज्याक्लिन फर्नान्डिज नृत्यमा माहिर छिन् । उनले आफ्नो नृत्य कौशलबाट दर्शकलाई प्रभावित तुल्याउँदै आएकी छिन् । पछिल्लो समय उनी यस्तै एउटा उत्कृष्ट नृत्यको तयारी गर्दैछिन्, जसलाई चलचित्र ‘रिलोड’ मा देख्न पाइनेछ । जुम्मेकी रात तथा चिटियाँ कलाइयाँजस्ता गीतमा दर्शकले ज्याकलिनको आकर्षक नृत्य देखिसकेका छन् । रिलोडको गीत अझ उत्कृष्ट हुने उनको दाबी छ । छायांकन प्रारम्भ हुनुअघि ज्याकलिन हरेक दिन दुई घण्टा उक्त नृत्यको अभ्यास गरिरहेकी छिन् । त्यसक्रममा उनी घाइते समेत भइन् । यो चलचित्रमा ज्याकलिनसँग अभिनेता सिद्धार्थ मल्होत्रा देखिनेछन् । 

 

प्रकाशित :फाल्गुन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्