Teej banner

सलोमी बाहिरिएपछि बिग आइकनमा उत्कृष्ट ८ को प्रतिस्पर्धा

- रेम बिक

फाल्गुन १९, २०७३

 

सातौं संस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे । 

 

पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग आइकनमा पहिलोपटक सहभागिता जनाएकी हुन् । चर्चको सेवाकाई गर्ने क्रममा सांगीतिक  झुण्डमा गीत गाउँदै आएकी सलोमीले पहिलो पटकमै बिग आइकनको उत्कृष्ट ९ सम्म आउनु आफ्नो लागि ठुलो सफलता भएको प्रतिक्रिया दिईन् । ‘प्रतियोगितामा जित्ने रहर त कसको नहोला र ? यद्यपी म सर्वोत्कृष्ट बन्न नसके पनि मलाई कुनै गुनासो छैन । कारण, मैले बिग आइकनको मञ्चमा आएर आफ्नो प्रतिभालाई राम्रोसाग चिन्ने र सुधार्ने मौका पाएकी छु ।’ बाहिरिँदै गर्दा सलोमीले भनिन् । 

 

सलोमीले प्रतियोगितामा बाँकी  रहेका सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना पनि दिईन् । सँगै उनले गायन प्रतिभाहरुको लागि ‘ठुलो मञ्च’ प्रदान गरेको भन्दै बिग एफएमलाई धन्यबाद दिईन् । प्रतियोगितामा आएर गाउँदा विभिन्न खाले ‘कमेन्ट्स’ र ‘कम्प्लिमेन्ट्स’ दिने निर्णायकहरुलाई पनि उनले नमन व्यक्त गरिन् । 

प्रकाशित :फाल्गुन १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्