यौन पुतली परिमार्जित हुँदै

- एजेन्सी

फाल्गुन १८, २०७३- 

विश्वव्यापी व्यापारमा ठूलो हिस्सा ओगटेको यौन खेलौनामा नयाँपन दिन विभिन्न कम्पनीहरूले त्यसमा एकपछि अर्को सुधार गर्न थालेका छन् । यौन पुतलीका निर्माताहरू बोल्ने, मान्छेले जस्तै व्यवहार गर्ने खालका यौन खेलौनाहरू बजारमा ल्याउने प्रयासमा अनवरत लागेका छन् । प्रत्येक वर्ष आयोजना हुने यौन प्रसाधनको मेलामा यस्ता किसिमका सुधार भएका यौन खेलौनाहरू प्रदर्शित हुँदै आएका पनि छन् । यौन खेलौना निर्माता कम्पनी रियल डलले आफ्नो पछिल्लो यौन पुतलीमा सुधार गर्दै स्तनलाई महिलाको जस्तै बनाउनुका साथै यौनांगमा भाइब्रेसन राखेर प्रयोगकर्तालाई थप आनन्दित तुल्याउने प्रयास गरेको छ ।

 

रियल डलका सिईओ म्याट म्याकुलमका अनुसार उक्त पुतलीले एक सेकेन्डमा १ सय पटक भाइब्रेट गर्न सक्छ । यौनको मामिलामा लजाउने एवं पारिवारिक सम्बन्ध बिग्रिएका व्यक्तिहरूलाई लक्षित गरेर तयार पारिएको उक्त यौन खेलौना निकै उपयोगी हुने म्याटको दाबी छ ।

प्रकाशित :फाल्गुन १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्