बेरोजगार छैनन् नेहा

- एजेन्सी

फाल्गुन १८, २०७३-
अभिनेत्री नेहा धूपियालाई हिन्दी चलचित्रमा नदेखिएको वर्षौं भैसकेको छ । चलचित्रमा नदेखिएपछि उनी बेरोजगार भएका समाचार प्रकाशित भए । ती समाचारप्रति आपत्ति जनाउँदै नेहाले मुख खोलिन्— ‘म चलचित्रमा छैन भन्दैमा बेरोजगार भएँ भन्नु सरासर गलत हो ।’ ३६ वर्षीया नेहाका अनुसार यदि कुनै कलाकार व्यवसायिक चलचित्रमा काम गरिरहेको छैन भने त्यसको अर्थ ऊसँग कुनै काम छैन भन्ने होइन । ‘मैले पनि चलचित्रमा नआउन चाहेकी होइन,’ नेहा भन्छिन्— ‘कहिलेकाहीं राम्रा चलचित्रको पर्खाइमा वर्षौं बित्छ । यद्यपि चलचित्रमा सक्रिय नभए पनि म खाली बसेकी छैन । कुनै न कुनै रूपमा अभिनय कर्ममै सक्रिय छु ।’ 

 

प्रकाशित :फाल्गुन १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्