पुराना तस्बिरलाई डिजिटाइज गर्न

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७३-  

हिजोआज मोबाइलबाट प्रशस्तै तस्बिर खिचिन्छ, अनि ती तस्बिरका डिजिटल एल्बम पनि बनाइन्छ । खिचिएका ती तस्बिर गुगल फोटो, फ्लिकर, आइक्लाउड आदिमा गएर बस्छन् । यता पहिलेका तस्बिर यत्तिकै एल्बममा थन्किएका छन् । पुराना दिनको सम्झना आउँदा कहिलेकाहीँ ती एल्बम पल्टाएर हेरिन्छ, तर पुराना तस्बिर समय क्रमसँगै बिग्रँदै जान्छन् ।

 

पुराना तस्बिर कतिले स्क्यानर प्रयोग गर्दै आफ्नो डिजिटल लाइब्रेरीमा राख्छन् भने कतिले फोटोबाट फोटो खिचेर राख्ने गरेका छन् । स्मार्टफोनको बढ्दो पहुँचसँगै धेरै मोबाइल क्यामेराबाट पुराना तस्बिर खिचिने गरेको छ, तर फोटोबाट फोटो खिच्न भनेजस्तो सजिलो छैन, फोटो स्क्यानर पनि धेरैको पहुँचबाहिरको कुरा हो । यही कुरालाई मध्यनजर गरेर गुगलले ‘फोटो स्क्यान’ मोबाइल एप तयार पारेको छ ।

 

आईफोन र एन्ड्रोइडका लागि उपलब्ध फोटो स्क्यान एपले अटोमेटिक रूपमा फोटोको छेउकुना पत्ता लगाएर कुनै पनि तस्बिर स्क्यान गर्छ । फोटोको छेउकुना चित्त नबुझेको अवस्थामा फोटो लिइसकेपछि त्यसलाई सम्पादन गर्न सकिन्छ । यो एपको प्रयोग सुरुमा केही झन्झटिलो लाग्न सक्छ, केही फोटो स्क्यान गरे पछि भने फोटो स्क्यान एप एकदमै सजिलो र छरितो सावित हुन्छ ।

प्रकाशित :फाल्गुन १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्