हनीको कीर्तिमान

- एजेन्सी

फाल्गुन १७, २०७३-  

हिन्दी संगीतका सुपरस्टार हनी सिंहले एकपछि अर्को कीर्तिमान बनाउने क्रम जारी छ । अहिले सिंहले गाएको एउटा गीतले युट्युबमा सर्वाधिक हेरिएको हिन्दी गीतको कीर्तिमान कायम गरेको छ । ‘आशिकी’ चलचित्रको ‘धीरे धीरे से मेरे जिन्दगीमे आना’ गीत हालसम्म २० करोड १३ लाख पटक हेरिएको छ । हालसम्म कुनै पनि हिन्दी गीतले यति धेरै दर्शक पाएको थिएन । उक्त भिडियोमा रितिक रोशन तथा सोमन कपुरको केमेस्ट्री तथा आकर्षक लोकेसनले गीतलाई थप मनमोहक बनाएको छ ।

 

आफ्नो गीतको सफलतापछि हनी भन्छन्— ‘यो गीत तथा भिडियोले जसरी दर्शकको माया पाएको छ त्यसप्रति म नतमस्तक छु । यो मेरो विशेष काम थियो जसलाई करोडांै दर्शकले मन पराउनुभयो ।’ सिंहका पार्टी अल नाइट्स, देशी कलाकार, ब्लू आइजजस्ता गीत पनि अत्यधिक लोकप्रिय छन् । 

प्रकाशित: फाल्गुन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्