स्मार्टफोनको स्क्रिन

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७३-
आकार : आजभोलि दुई हातले नसमाती चलाउनै नमिल्ने आकारका फोनसमेत उपलब्ध हुन थालेका छन् । त्यसैले आफ्नो आवश्यकता के हो भन्ने कुरा विचार गरी कत्रो आकारको फोन लिने हो, आफैं निर्णय गर्नुपर्छ ।
प्रविधि : स्क्रिन प्रविधिको कुरा गर्दा एलसीडी स्क्रिनको चर्चा हुन्छ । यस्तो फोनमा धेरै ठूलो आकारका तस्बिरहरू अटाउन सक्छन् र त्यसमा देखिने तस्बिर प्राकृतिकजस्तै देखिन्छन् । 
रेटिना डिस्प्ले : एप्पलले आफ्नो पछिल्ला फोनमा रेटिना डिस्प्ले प्रयोग गरेको छ । आईफोन ४ र त्यसभन्दा पछिका फोनमा जडित एलसीडी स्क्रिनमा न्यूनतम ३२६ पिक्सेलले रिजोलुसन घटाइएको छ, जसले आँखामा कम दबाब दिन्छ ।
क्यामेरा : मोबाइल क्यामेराको गुणस्तर त्यसमा भएका कम्पोनेन्टहरूमा निर्भर गर्छ । धेरै मेगपिक्सल हुँदैमा क्यामेराले राम्रो तस्बिर खिच्छ भन्ने सोच्नु भ्रम मात्र हो, ८ मेगापिक्सलको एउटा क्यामेराले १३ मेगपिक्सलको भन्दा राम्रो तस्बिर खिच्न सक्छ ।

 

प्रकाशित: फाल्गुन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्