पहिलो गीतमै मन पराइए प्रनय

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७३- 

लामो समयदेखि सिड्नी, अस्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रनय क्याडी श्रेष्ठले गाएको एउटा पप गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । दुई साताअघि युट्युबमा अपलोड गरिएको गायक श्रेष्ठको स्वरको ‘एकान्तमा किन किन...’ शीर्षकको गीतको भिडियो यूट्युबमा अपलोड गरेको छोटो अवधिमै झन्डै एक लाख पटक हेरिएको छ । उक्त गीतमा गायक प्रनय क्याडी श्रेष्ठको स्वरका साथै शब्द तथा संगीत पनि उनकै छ ।

 

निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता आकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । सङ्सनेपालको च्यानलबाट अपलोड गरिएको यो भिडियोमा निर्देशकले एउटा वियोगान्त कथा प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन बिकेश धमलाले गरेका हुन् ।

 

सन् २०११ देखि सिड्नीमा बसोबास गरिरहेका गायक श्रेष्ठ गायनमा सक्रिय हुने क्रममा छन् । पहिलो गीतबाटै गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना प्रस्तुत गरेका छन् । ललितपुरका स्थायी वासिन्दा प्रणय क्याडी श्रेष्ठले ‘एकान्तमा किन किन...’ गीतबाटै गायन यात्रा प्रारम्भ गरेका हुन् । पहिलो गीतबाट उत्साहजनक प्रतिक्रिया पाएका गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा स्थापित हुने आशा समेत जनाएका छन् ।

यस्तो छ भिडियो :

प्रकाशित :फाल्गुन १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्