करिना कपुरलाई तौलको चिन्ता

- एजेन्सी

फाल्गुन १६, २०७३-
अभिनेत्री करिना कपुर यतिबेला आफ्नो बढेको तौलका कारण चिन्तामा छिन् । करिनालाई थाहा छ, आमा बनेपछि तौल बढ्नु सामान्य कुरा हो । केही महिनापछि उनी आफ्नो पुरानो स्वरूपमा फर्कने नै छिन् तर सञ्चारमाध्यमदेखि सार्वजनिक समारोहमा समेत आफ्नो बढेको तौलका बारेमा टीका–टिप्पणी हुन थालेपछि आफू तनावमा रहेको उनले बताएकी छिन् । यसबीच अभिनेत्री शिल्पा शेट्टीले करिनाले अहिले भोग्नुपरेको तनावबाट आफू पनि गुज्रिसकेको बताउँदै करिनालाई ढाडस दिएकी छिन् । शिल्पाले करिनालाई व्यायाम गरेर तौल घटाउन सकिने सुझावसमेत दिएकी छिन् । 

 

प्रकाशित: फाल्गुन १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्