सर्वाधिक बिक्री भएका मोबाइल सेट

- एजेन्सी

फाल्गुन १६, २०७३- 

१९९६ : मोटोरोलाको फ्लिप मोडलको स्टार टेक फोन ६ करोड प्रति बिक्री भएको थियो । 

१९९८ : नोकियाको ५११० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । 

१९९९ : एन्टेनायुक्त नोकिया–३२१० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । 

२००० : नोकियाले फेरि उत्पादन गर्न लागेको ३३१० मोडलको सेट त्यति बेला १२ करोड ६० लाख प्रति बिक्री भएको थियो ।

२००३ : सस्तो र लामो समय ब्याट्री टिक्ने नोकिया–११०० मोडलको सेट २५ करोड प्रति बिक्री भएको थियो । 

२००४ : त्यो बेलाका डेस्कटपका केही टुल समावेश गरेर नोकियाले उत्पादन गरेको २६०० मोडलको सेट १३ करोड ५० लाख प्रति बिक्री भएको थियो । 

२००५: विकासशील राष्ट्रहरूलाई लक्षित गरेर नोकियाले तयार पारेको १११० मोडलको सेट २५ करोड प्रति बिक्री भएको थियो । 

२००६ : नोकियाको १६०० मोडलको सेट १३ करोड प्रति बिक्री भएको थियो । 

२००७ : ३ सय ६० घण्टा ब्याट्री ब्याकअप दिने नोकियाको १२०० मोडलको सेट १५ करोड प्रति बिक्री भएको थियो । 

२००८ : एप्पलको थ्रिजी सपोर्ट गर्ने सुविधासहितको थ्रिजीएस मोडलको सेट १ करोड २० लाख प्रति बिक्री भएको थियो । 

२००९ : एप्पलको थ्रिजीएस मोडलकै बिक्री सर्वाधिक रह्यो । यो वर्ष उक्त मोडलको सेट ३ करोड ५० लाख प्रति बिक्री भएको बताइन्छ । 

२०१०: नोकियाले संगीत पारखीहरूलाई मध्यनजर गरेर निकालेको नोकिया ५२३० मोडलको सेट १५ करोड प्रति बिक्री भएको थियो । 

२०११ : एप्पलको आइफोन फोरएस मोडलको ब्याट्रीलाई लिएर गुनासो सुनिए पनि उक्त सेट ८ करोड ३० लाख प्रति बिक्री भएको थियो । 

२०१२ : सामसुङले क्वाडकोर प्रोसेसरसहित उत्पादन गरेको एस टु तथा एस थ्री ४ करोड प्रति बिक्री भएको थियो । 

२०१३ : सामसुङकै ग्यालेक्सी एस फोर मोडलको सेट ४ करोड प्रति बिक्री भएको थियो । 

२०१४ : एप्पलको आईफोन सिक्स र सिक्स प्लसको मोडल ७४ करोड ५० लाख प्रति बिक्री भएको थियो। 

२०१५ : यो वर्ष पनि एप्पलको आईफोन सिक्स तथा सिक्स प्लसले नै बजारमा आफ्नो अधिपत्य जमाए भने सामसुङको ग्यालेक्सि एस सिक्स पनि सर्वाधिक बिक्रीको होडमा थियो ।

 

प्रकाशित :फाल्गुन १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्