२१ किलोमिटर पिंकाथन दौडमा कान्छिमाया कोजु विजयी

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७३- 

लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंगशालामा सुक्रबार पिंकाथन सम्पन्न भएको छ । २ हजार भन्दा बढी महिलाको सहभागितामा आयोजित पिंकाथन दौडका कारण रंगशाला पूरै ढाकिएको थियो । महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गर्न काठमाडौंका विवाहित, अविवाहित सबै उमेर समुहका महिलाहरु सबेरै रंगशालामा उपस्थित भएका थिए । २१ किलोमिटरको दौड कान्छिमाया कोजुले जितेकी छिन् । 

छातिको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले योजना गरिएको पिंकाथन सोचे  भन्दा उत्कृष्ट ढंगले सम्पन्न भएकोमा आयोजकका तर्फबाट नमराज जोशीले खुशी व्यक्त गरे । पिंकाथनमा विजयी हाफ म्याराथनका शीर्ष २ जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन्।

तस्विहरू: महेश प्रधान 

 

प्रकाशित :फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्