सरकारको नयाँ मदिरा नीति

- साप्ताहिक संवाददाता

फाल्गुन १४, २०७३-  

 

नेपाल सरकारले मदिरा बिक्री वितरण तथा सेवनसम्बन्धी कडा नीति तयार पारेको छ । ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ भनिएको उक्त नीतिमा उल्लेख भएका मुख्य बुँदा :
१७ वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला आदिले मदिरा खरिद, बिक्री तथा सेवन गर्न नपाउने ।
सार्वजनिक समारोह, विवाह, उत्सव आदिमा मदिरा निषेध (बिहान ५ देखि साँझ ७ बजेसम्म ।
निश्चित समयसम्म फुटकर किन्न नपाइने तथा बेलुका एक जनाले दिनमा एक लिटरसम्म मात्र किन्न सक्ने ।

 

सार्वजनिक क्षेत्र एवं कार्यस्थलनजिक मदिरा उत्पादन तथा बिक्री वितरण गर्न नपाउने ।सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरन्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरू एवं सरकारले आवश्यक मानेका अन्य स्थानलाई मदिरा उत्पादन, बिक्री वितरण तथा सेवन निषेधित क्षेत्र तोक्न सक्ने व्यवस्था गरिने ।

 

मदिराको बोतलको न्यूनतम ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता चेतावनीमूलक सन्देश अनिवार्य रूपमा हुनुपर्ने । छापा, विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, इमेल, होर्डिङ बोर्डलगायत कुनै पनि सञ्चारमाध्यम वा तरिकाबाट मदिराको उत्पादन, बिक्री वितरण तथा सेवनको प्रवद्र्धन एवं बजारीकरण गर्न नपाइने ।

 

चलचित्र, टेलिफिल्म, नाटकजस्ता कुनै पनि मनोरञ्जक तथा समाचारमूलक वा प्रायोजनात्मक श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग वा ब्रान्ड, लोगो तथा अन्य परिचय झल्कने गरी अभिनय वा विज्ञापन वा प्रचार–प्रसार गर्न निषेध ।

प्रकाशित :फाल्गुन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्