साथी बने सलमान–कंगना

- एजेन्सी

फाल्गुन १४, २०७३-
मुम्बईस्थित मेहबुब स्टुडियोमा हालै एउटा रमाइलो दृश्य देखियो । सलमान खान तथा कंगना रणावत लामो समयसम्म हाँसी–हाँसी कुराकानी गरिरहेका थिए । उनीहरूलाई देख्नेहरूले समेत विश्वास गर्न सकिरहेका थिएनन्, किनभने उनीहरूबीच मित्रताको सम्बन्ध पनि थिएन । उक्त दिनको दृश्यले भने उनीहरूले विगतका सबै कुरा बिर्सिएको छनक दिइरहेको थियो ।

 

चलचित्र रंगुनको प्रचारका क्रममा स्टुडियो पुगेकी कंगलाले बिइङ ह्युमनको विज्ञापनको छायांकनका लागि पुगेका सलमानलाई भेटेकी थिइन् । स्टुडियोमा अचानक जम्काभेट भएपछि उनीहरू गफिन थाले । सुल्तान तथा बगरंगी भाइजानमा अभिनय गर्न नमानेपछि सलमान कंगनासँग रिसाएका थिए । पछिल्लो भेटपछि अब उनीहरूको सम्बन्ध सुमधुर हुने अनुमान गरिएको छ ।

प्रकाशित: फाल्गुन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्