फागुन १३ गतेदेखि फागुन १९ गतेसम्मको राशिफल

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७३- 

मेष

अभिभावकहरूबाट प्राप्त सुझावको ख्याल गर्दा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक गरिएको कार्यबाट धन आर्जन गर्न सकिनेछ । उच्च जिम्मेवारी आइलाग्दा विवेक पुर्‍याउन सके राम्रो अवसर हात पर्नेछ । खानपिनमा संयम अपनाउनुहोला । पूण्य कर्ममा आकर्षित भइनेछ ।

 

वृष

गरिब तथा असहायहरूलाई गरेको सहयोगले मनको चिन्तालाई सिर्जनशील कार्यमा परिवर्तन गर्नेछ । पुरस्कार तथा उपहार प्राप्त गर्ने अवसर जुट्नेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । साताको अन्त्यमा भोजभतेरमा सरिक भइनेछ ।

 

मिथुन

अध्ययनको सिलसिलामा विदेश जाने अवसर जुर्न सक्छ । विपरीतलिंगी साथी तपार्इंको व्यक्तित्वप्रति आकर्षित भएको अवस्था छ । अभिभावकहरूले आफ्नो भावनाप्रति बेवास्ता गर्दा खट्पट सिर्जना हुन सक्छ । बुधबारपछिका दिन महत्वपूर्ण सावित हुनेछन् ।

 

कर्कट

साथीहरूले दिएको सुझाव कल्याणकारी सावित हुनेछ । पुरुषार्थद्वारा गरिएको सेवाले उचाइमा पुर्‍याउनेछ । दोष थोपर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यक्तित्वहरूको मन जित्न सक्नेछन् । सेतो पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

 

सिंह

टाढा भएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । नम्रतापूर्वक कार्य सम्पादन गर्नुहोला । पूर्वयोजनाबिना आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च हुन सक्छ । प्रेमिकाले उपहार प्रदान गर्दै नयाँ प्रस्ताव राख्न सक्छिन् । तत्काल निर्णय गर्न सके काममा सफलता हात पर्नेछ ।

 

कन्या

आफ्नो हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । परिस्थतिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्नेछ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धन आर्जन पनि हुनेछ । बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध तुल्याउन सकिएला ।

 

तुला

जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिनेछैनन् । अभिभावकबाट नयाँ कार्य सुरुवात गर्ने प्रेरणा मिल्नेछ । बोलीको प्रभावका कारण अधुरा कार्य पूरा हुनेछन् । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । साताको अन्त्य पारिवारिक भेटघाट तथा भ्रमणमा बित्नेछ ।

 

वृश्चिक

मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । राम्रो अवसर तथा शुभ समाचारले सातालाई अनुकूल बनाउनेछन् । अभिभावकहरूको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । आर्थिक क्षेत्रबाट सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारबाट टाढै रहनुहोला ।

 

धनु

घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । दत्तचित्त भै कार्य गरे लक्ष्य प्राप्त गर्न सकिनेछ । बिनाकारण प्रेमिका रिसाउन सक्छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । पहेंला फलफूल सेवन गर्दा स्वास्थ्य अनुकूल रहनेछ । अभिभावकको सुझाव तथा भावना कदर गर्दा समस्या स्वत: निर्मूल हुनेछ।

 

मकर

यात्रामा संयम अपनाउनुहोला । नीलो रंग प्रयोग गर्न सके उचाइमा पुगिनेछ । बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउनेछ । खानपानको फेरबदलका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । यो साता इष्टमित्रहरूसँग मठमन्दिरको भ्रमण हुन सक्छ ।

 

कुम्भ

पूण्य आर्जनमा समय व्यतीत हुनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुनाले मन प्रफुल्लित रहनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ । नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरूको मन लोभिनेछ । छरछिमेकका मांगलिक कार्यमा सहभागी भइनेछ ।

 

मीन

विपक्षीहरू सक्रिय भएकाले तपाईंलाई ओझेलमा पार्ने प्रयास हुनेछ । रोकिएको काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दु्रत गतिमा सवारी साधन चलाउँदा दुर्घटना हुन सक्छ । खानपान तथा मनोरञ्जनका क्रममा समयको ख्याल गर्नुहोला ।

प्रकाशित :फाल्गुन १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्