प्रेम प्राप्त गर्न के गर्नुपर्छ ?

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७३- 

‘आई लभ यू’ भन्नुपर्‍यो नि ।

सुजन सापकोटा

केटाहरूले केटीहरूको आमा–बुवालाई रिझाउन सक्नुपर्छ ।

विनोद

छोरो जन्माउनुपर्छ अनि न्वारन गरेर प्रेम नाम राख्नुपर्छ ।

बान्तावा विकल्प

जे गरे नि हुन्छ ।

गोर्खाली भाइ

प्रेम प्राप्त गर्न शारीरिक बनावटभन्दा पनि मनलाई बुझ्ने प्रयास गर्नुपर्छ ।

प्रीति

प्रेम दिन जान्नुपर्छ ।

जेनिथ

प्रेम नामको छोरा जन्माउनुपर्छ ।

चन्द्र

हिमालय पर्वतमा गएर तपस्या गर्नुपर्छ । त्यो पनि पुस–माघ महिनामा ।

सागर

मनसँग अर्को मनलाई मिलाउन सक्नुपर्छ ।

एमबी टन्डन

प्रेम प्राप्त गर्नुभन्दा पनि आफूले माया गरेको व्यक्तिले प्रेम महसुस गराउनु महत्वपूर्ण हुन्छ ।

सुमित्रा भट्टराई

पहिले त एक–अर्काप्रति सकारात्मक हुनुपर्छ । विचार बुझने अनि प्रस्ताव राख्ने, स्वीकार भयो भने त्यही प्रेम हो नभए फकाइरहने ।

सन्तोष आत्रेय

प्रेम प्राप्त गर्ने चाह (मोह) त्याग्नुपर्छ ।

गरिमा

प्रेम प्राप्त गरेर गरिने वस्तु होइन प्रेम त आफै हुन्छ ।

प्रशान्त राई

साँचो माया प्राप्त गर्न सार्‍है गार्‍हो छ हजुर ।

मनोज

प्रेम प्राप्त गर्न कि त ब्याइफ्रेन्डको नाम प्रेम हुनुपर्‍यो कि त विवाहपछि छोराको नाम प्रेम राख्नुपर्‍यो ।

योगेश

प्रेम गर्नुपर्छ ।

ग्रिन

केही पाउन केही गुमाउनुपर्छ भनेझै प्रेम प्राप्त गर्न प्रेम नै दिनुपर्छ ।

स्मार्ट ट्विटे

रूप होइन ह्दय बुझ्न सक्नुपर्छ ।

मानस

ग्रहण गर्न र गराउन जानेपछि प्रेम प्राप्त गर्न सकिन्छ ।

सुनिल

प्रेम यस्तो चिज हो, जसलाई प्राप्त गर्न त्यही नै दिनुपर्छ । प्रेम दिएर नै प्रेम पाइन्छ ।

समय अधिकारी

टन्न पैसा कमाउनुपर्छ । लुटेर होस् वा भ्रष्टाचार गरेर, मैले गरिबका प्रेम लिलामीमा चढेको देखेको छु ।

गोविन्दराज अर्याल

भाग्यमा लेखेर जन्मिएको हुनुपर्छ, नत्र यो स्वार्थी दुनियाँमा केही गरे पनि हुँदैन ।

रुक्मिना श्रेष्ठ

उसको भावना बुझ्नुपर्छ । केटीको जात नै भाउ खोज्ने हो, फकाउनुपर्छ । मनमा दस जना राख्नु हुँदैन ।

रवीन्द्र मल्ल ठकुरी

कस्तो प्रेम हो, अलि खुलस्त भएन सम्पादकज्यू, मैले त केही नगरे पनि प्रेम प्राप्त गरेको छु । मेरा आमाबाबुबाट, त्यस्तै दाजुभाइबाट । अरु प्रेमका बारेमा त्यति रुचि छैन ।

दिनेश पौडेल

थाहा छैन । आजभोलि साँँचो प्रेम फेला पार्न सकिंदैन ।

रमेश बास्तोला

प्राप्त होइन, समाप्त गर्नचाहिं कंगाल हुनुपर्छ ।

परशुराम

पहिले आफू दयालु बन्नुपर्छ ।

सकुन राई

टन्न पैसा कमाउनुपर्छ । पैसा पाएपछि नपढेको भए पनि डिग्री पढेको केटी पाइन्छ ।

दीपक तामाङ

प्रेम प्राप्त गर्न प्रेम नै दिन सक्नुपर्छ ।

रिस्की पाण्डे

भाग्य छ भने आफैं प्रेम हुन्छ । उज्ज्वल पौडेल आफ्नो विचारमा अटल रहनुपर्छ ।

नक्कले ठिटो

प्रकाशित :फाल्गुन ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्