उपाध्यायको कस्तो माया सार्वजनिक

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७३-

गीतकार गोविन्दप्रसाद उपाध्यायले दोस्रो एल्बम ‘सत्यता–२’ मा समावेश ‘कस्तो माया लाइयो हजुर’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । दाम्पत्य जीवन टुटेपछि केही टाढा रहेका गायक मनोजराज र गायिका अन्जु पन्तलाई यही गीतबाट उपाध्यायले फेरि सँगै गायनमा ल्याएका थिए । यो गीत यी दुई गायक–गायिकाको जीवन कथासँग मिल्दो भएकाले उनीहरू गाउन तयार भएको गीतकार उपाध्याय बताउछन् । 

यो गीत गत वर्ष नै गीतिसंग्रह सत्यता–२ मार्फत स्रोतामाझ आएको थियो । गीतलाई दर्शकले रुचाएका कारण भिडियो तयार गरेर ल्याएको गीतकार उपाध्यायले बताए । यो गीतमा हरि लम्सालले संगीत छ । यो गीतको भिडियोमा सागर र अनु शाहको अभिनय रहेको छ । छायांकार सुदिप बरालले खिचेको यो भिडियोलाई दिपक खाँडले निर्देशन गरेका हुन् । 

यस्तो छ भिडियो :

 

प्रकाशित :फाल्गुन १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्